सदस्यले उत्पादन गरेका खसीको बजारीकरणमा सघाउँदै सहारा नेपाल साकोस
झापा : बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सहकारीका सदस्यले उत्पादन गरेको खसी बिक्री गर्न शुरु गरेको छ । सहाराले दशैंको अवसरमा सदस्यले उत्पादन गरेको खसी बिक्री शुरु गरेको हो ।
झापासहित इलाम, मोरङ, सुनसरी उदयपुरका सदस्यले उत्पादन गरेको खसीको बजारीकरणमा सहयोग गरेको सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिनुभयो । सहारले सेयर सदस्यलाई बाख्रा पालनका लागि प्राविधिक सहयोग साथै उत्पादनमा सहयोग गर्दै आएको छ ।
सदस्यले उत्पादन गरेको जिउँदै खसी तैलेर ५ सय ६० रुपैयाँ प्रतिकिलो बिक्री गरिरहेको सहाराले जनाएको छ । सहाराले अहिलेसम्म विभिन्न जिल्लाका ६० वटा खसी बिक्री गरिसकेको छ । दशैं अघि सबै सदस्यले उत्पादन गरेका खसीको बजारीकरणमा सहयोग गर्ने संस्थाको भनाई छ ।
पहिलो चरणमा इलाम र उदयपुरका सदस्यबाट खरिद गरिएको खसी झापादेखि काठमाडौंसम्म पुर्याएर जिउँदै जोखेर बिक्री गर्ने कार्यप्रारम्भ भएको छ ।यो क्रम कम्तीमा दशैंसम्म जारी रहने जनाइएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
