२४ कात्तिक २०८३, मङ्गलबार

बहुउद्देश्यीय परियोजनामा लगानी गर्न समस्या भयोः सहकारीकर्मी

२०७८ असोज ४, सोमबार
बहुउद्देश्यीय परियोजनामा लगानी गर्न समस्या भयोः सहकारीकर्मी

काठमाडौं : सहकारी ऐनले बहुउद्देश्यीय सहकारी संस्थालाई विभिन्न क्षेत्रमा काम गर्न ऐनले अवसर दिए पनि अन्य ऐनहरुले अवरोध सृजना गरेको सहकारीकर्मीहरुले बताएका छन् । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले काम गर्न सम्बन्धीत निकायको स्वीकृति लिने प्रावधान झन्झटयुक्त रहेको भनाई थियो ।

कार्यक्रममा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सचिव माधव तिमिल्सिनाले सहकारीले बहुउद्देश्यीय परियोजना बनाएर काम गर्न चाहेको भएपनि ‘उत्पादनमा काम गर्न कम्पनीमै जानुपर्ने बाध्यता रहेको उहाँको भनाई थियो । कानुनी अड्चन नहटाइ उत्पादनमा जान नसकिने उहाँले बताउनुभयो ।

काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज थापा मगरले सहकारीले बहुउद्देश्यीय काम गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीले बचतमा मात्र सीमित नभई विभिन्न प्रकृतिका बहुउद्देश्यीय काम गर्न सकिने उहाँको भनाई थियो ।

कार्यक्रममा प्रशिक्षक कृष्णप्रसाद आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै आचार्यले बहुउद्देश्यीय सहकारीले कृषि, उद्योग, उपभोक्तालगायतका काम गर्न सकिने बताउनुभयो ।

काठमाडौंमा कृषि तथा कृषिजन्य उद्योग खोल्न सकिने, गार्मेन्ट सञ्चालन गर्न सकिने, कृषिलगायत विभिन्न परियोजना सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । सहकारीलाई काम गर्न अवसर प्रशस्त रहेको र चुनौती छिचोल्दै काम गर्नुपर्ने उहाँको भनाई थियो। संघका पूर्व अध्यक्ष तुलसीप्रसाद सापकोटाले संघलाई बलियो बनाउँदै कारोबारलाई विशेष जोड दिइएको बताउनुभयो ।

अभिलेख

लोकप्रिय