२४ कात्तिक २०८३, मङ्गलबार

चौथो ललितपुर साकोस समिट मंसिर ८, ९ र १० मा हुने

२०७८ असोज ४, सोमबार
चौथो ललितपुर साकोस समिट मंसिर ८, ९ र १० मा हुने

ललितपुर : ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले चौथो साकोस समिटको मिति तय गरेको छ ।

२०७६ साल फागुन २२,२३ र २४ तय भएको साकोस समिट कोरोना महामारीका कारण स्थगित गरिएको थियो ।

संघको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर ८, ९ र १० गते गर्ने निर्णय गरेको हो । समिटको सम्पूर्ण तयारी पुरा भएपछि कोरोनाका कारण स्थगित गर्नुपरेको थियो ।

यस पटक जस्तो सुकै परिस्थितीमा पनि समिट हुने संघका अध्यक्ष रामहरि बजगाईंले जानकारी दिनुभयो । उक्त समिट ललितपुर जिल्ला भित्रै गरिने पनि अध्यक्ष बजगाईंले बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा करिब एक दर्जन कार्यपत्रमाथी छलफल हुनेछ ।

समिटमा सहकारीमा समुदाय प्रतिको चासो : नेपाल प्रहरीको भूमिका, सहकारीमा दक्ष जनशत्तिको उत्पादन, सकारात्मक सोच सहितको सहकारी नेतृत्व, सरकार र सहकारी विचको अन्तरसम्बन्ध, सफल सहकारी संस्थाको सफलताको कथा लगायतका कार्यपत्र प्रस्तुत हुनेछन् । त्यस्तै सहकारी एकीकरणका अवसर र चुनौतिहरु, सहकारी मार्फत गरिबी न्यूनिकरण, नेतृत्व विकास तथा समय व्यवस्थापन लगायतका कार्यपत्र प्रस्तुत हुनेछन् ।

समिटमा संघका सदस्य संस्थाका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिहरु गरी करिब २ सय जनाको सहभागिता हुनेछ ।

अभिलेख

लोकप्रिय