ललितपुर बचत संघ २८ वर्षमा, प्रधानमन्त्री र अर्थमन्त्रीले पठाए शुभकामना सन्देश
ललितपुर : ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ स्थापनाको २८ वर्ष प्रवेश गरेको छ । २०५० सालमा स्थापना भएको यो संघ ललितपुर जिल्ला भरको बचत तथा ऋण सहकारी संस्थाको छाता संघ हो ।
स्थापना दिवसको अवसरमा प्रधानमन्त्री तथा सहकारी मन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभावकर’, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले समेत शुभकामना सन्देश व्यक्त गरेका छन् ।
‘दिगो साकोसमार्फत सम्बृद्ध समाज निमार्ण’ परिकल्पनाका साथ अघि बढेको संघ संस्थाहरुको दिगो विकासमा सदैव सक्रिय रहेको संघका अध्यक्ष रामहरि बजगाईले बताउनुभयो ।
संघ वित्तीय सुशासनसहित गुणस्तरीयता कायम गराउन समेत सदैव प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । बचत तथा ऋण सहकारी संस्थाको प्रवद्र्धन तथा संवद्र्धनका लागि संस्थाहरु बीच सहकार्य र समन्वय गर्दै संघ अघि बढेको उहाँको भनाई छ ।
जिल्लाको बचत तथा ऋण सहकारीको अभिभावकत्वसँगै वित्तीय कारोबार समेत संघले गर्दै आएको छ । असार मसान्तसम्म्म संघको सेयर पुँजी ६ करोड १९ लाख पुगेको छ भने कुल सम्पत्ती १ अर्ब ९४ करोड पुगेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले दिनुभएको शुभकामना सन्देश

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभावकर’ले दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय सहकारी महासंघको शुभकामना

संघको प्रतिवद्धता

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
