१८ भदौ २०८३, बिहिबार

ह्वात्तै बढ्यो बैंकको ब्याजदर, सहकारीमा असर पर्ला ?

२०७८ भदौ ३१, बिहिबार
ह्वात्तै बढ्यो बैंकको ब्याजदर, सहकारीमा असर पर्ला ?

काठमाडौं : अधिकांश बैंकहरुले निक्षेप तथा कर्जाको नयाँ ब्याजदर बढाएको छ । बिहीबार बैंकहरुले असोज महिनाको लागि निक्षेप तथा कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

अहिले बैंकिङ्ग प्रणालीमा तरलता (लगानीयोग्य रकम) अभाव भएसँगै ब्याजदर बढाएका हुन् । अहिले प्रणालीमा कर्जाको माग बढ्ने र निक्षेप संकलन कम हुन थालेको छ । जसले गर्दा तरलता अभाव हुन थालेको छ ।

तरलता व्यवस्थापनको लागि भन्दै बैंकहरुले ब्याजदरलाई बढाएका हुन्। अहिले बजेट खर्च पनि न्यून हुँदा बैंकलाई ब्याजदर बढाउन बाध्यता सृजना भएको हो ।

बिहीबार मात्र २५ वटा वाणिज्य बैंकरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । यी बैंकहरूले न्यूनतम आठदेखि अधिकतम १०.०७ प्रतिशतसम्म ब्याजदर प्रस्ताव राखेका छन् ।

वाणिज्य बैंकहरुले ब्याजदर बढाएसँगै त्यसको प्रत्यक्ष असर सहकारीलाई पर्ने देखिएको छ । सहकारी संस्थाहरुले पनि सोही हाराहारिमा निक्षेप उठाउँदै आएको छ । सहकारीमा रहेका पैसा बैंकहरुमा जान सक्ने सहकारीकर्मीहरु बताउँछन् ।

सहकारीको नयाँ सन्दर्भ ब्याजदर पनि छिट्टै तोक्ने तयारी सहकारी विभागले गरेको छ । उता बैंहरुले ब्याजदर बढाउने र यता सहकारीको कर्जाको ब्याजदर घटाउँदा प्रत्यक्ष मारमा सहकारी पर्ने देखिएको छ ।

अभिलेख

लोकप्रिय