बाल दिवसमा रामकोट सहकारीद्वारा बाल बचतकर्तालाई स्टेशनरी सामाग्री वितरण
धादिङ : नीलकण्ठ– ८, स्थित रामकोट बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय बाल दिवसको अवसरमा बाल बचत कर्ताहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।
संस्थाले आज एक कार्यक्रमको बीच संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठले बाल बचत कर्ताहरुलाई स्टेशनरी सामाग्री वितरण गर्नुभएको थियो ।
संस्थामा ७ सय ८ जना बाल बचत कर्ताहरु रहेका छन् । असोज १२ गतेसम्म संस्थाको कार्यालयमा आएर स्टेशनरी सामाग्री लिन सकिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । संस्थामा धेरै बाल बचत कर्ताहरु रहेको र सम्पूर्णलाई एकै दिन वितरण सम्भव नभएका कारण असोस १२ गतेसम्म वितरण गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । सहकारीले असोज १२ गते भित्र कार्यालय समयमा उपस्थित भई स्टेशनरी सामाग्री बुझ्न आग्रह समेत गरेको छ ।
स्टेशनरी सामाग्री वितरण कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु, विभिन्न उपसमिती, सदस्य र कर्मचारीहरुको उपपस्थिती रहेको थियो ।


अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
