हाम्राे साकाेसका सदस्यले सवारी ब्लुबुक नविकरण र कर भुक्तानी संस्थाबाटै गर्न सक्ने
ललितपुर : लगनखेलमा मुख्य कार्यालय रहेकाे हाम्रो बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई ब्लूबुक नविकरण तथा कर भुक्तानी सेवा सुरु गरेको छ ।
अब संस्थामा आवद्ध सदस्यहरुले आफ्नो मोटरसाईकल तथा गाडीको ब्लूबुक नविकरण तथा कर भुक्तानी संस्थाबाट नै भुक्तानी गर्न सकिने भएको हो ।
संस्थाले स्मार्ट सर्भिस इन प्रा. लि. सँगको सहकार्यमा सेवा सुरु गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जानकारी दिनुभयो । संस्थाका सदस्यले याे सेवा मुख्य कार्यालय लगनखेल, सेवा केन्द्र गाेटिखेल र बालाजु बसपार्कबाट याे सेवा लिन सक्ने उहाँले बताउनुभयाे ।
उक्त सम्झौता अनुसार ब्लूबुक नविकरण, ब्लूबुक प्रतिलिपि, सवारी कर भुक्तानी, विमालेख जारी गराउने कार्य अब सहकारीको कार्यालयबाटै हुनेछ । व्यस्त दैनिकीमा सदस्यहरुको सहजताको लागि नयाँ सेवा सुरु गरेको प्रमुख घिमिरे बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार