शिव शिखर बहुउद्देश्यीय सहकारीले एटिएम सञ्चालन गर्ने
२०७८ भदौ २५, शुक्रबार
काठमाडौं : भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले एटिएम सेवा सुरु गर्ने भएको छ । एटिएम सेवा सुरु गर्न संस्थाले स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडसँग सम्झौता गरेको छ ।
स्मार्ट च्वाईस टेक्नोलोजिले बैंकिङ टेक्नोलोजिको क्षेत्रमा एससिटी कार्ड मार्फत भुक्तानी सम्बन्धिकार्य गर्दै आएको छ । हाल यो संस्थामा १० वाणिज्य बैंकहरु सहित ७० भन्दा बढी बैंक तथा वित्तीय संस्था र करिब ५ सय सहकारी संस्थाहरु आवद्ध रहेका छन् ।
अन्तर्राष्ट्रिय नेटवर्क चाईनायुनिअन पे सँग सहकार्य गरी कोब्रान्डेड आधुनिक चिपमा आधारित डेबिट कार्ड समेत जारी गरेको छ । यस्तो डेबिट कार्ड भारतमा पनि सजिलै प्रयोग गर्न सकिने छ ।
अब शिव शिखरका सदस्यहरुले एटिएम कार्डमार्फत सहर र सरल तरिकाले कारोबार गर्न सक्छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सामाजिक भावनाको उदाहरण: भोटेकोशीका बाढीपीडितलाई प्रणामी साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार