१७ भदौ २०८३, बुधबार

सहकारीले भगिनी कम्पनी खोल्न पाउने, लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा

२०७८ भदौ २५, शुक्रबार
सहकारीले भगिनी कम्पनी खोल्न पाउने, लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा

काठमाडौं : सरकारले सहकारी संस्थाहरुको अनुगमन सम्बन्धी नीति र संयन्त्र बनाउने भएको छ । अर्थमन्त्री शर्माले शुक्रबार प्रतिनिधिसभामा बजेट बिनियोजन विधेयक प्रस्तुत गदैं यस्तो जानकारी गराउनुभएको हो ।

उहाँले सहकारी संस्थाहरुले भगिनी कम्पनी खडा गरि आफ्नो ऋण लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था रहेको जानकारी गराउनुभयो ।

साथै बेरोजगार युवाहरको विस्तृत लगत अध्याविधिक गरि एकीकृत अभिलेख तयार गरिने जानकारी गराउनुभयो । श्रम समूह वा श्रम सहकारीमार्फत यूवाहरुलाई संगठित गरि व्यवसायिक दक्षता अभिवृद्धि गर्न तालिम सहित सार्वजनिक निर्माण क्षेत्रको १० करोडसम्म लागको आयोजनामा आपसी प्रतिस्पर्धामार्फत सहभागी हुन पाउने कानूनी प्रबन्धक गरिने बताउनुभयो ।

यस्तै, सरकारबाट संचालन हुने श्रममूलक रोजगरा कार्यक्रममा विपन्न दलित एवम् अति गरिब नागरिकलाई पहिलो प्राथमिकता दिइने अर्थमन्त्री शर्माले बताउनुभयो । शुक्रबार नेकपा एमालेको विरोधका बीच अर्थमन्त्री शर्माले विनियोजन विधेयक पेश गर्नुभएको हो ।

अभिलेख

लोकप्रिय