१७ भदौ २०८३, बुधबार

को-अपरेटिभ म्यानेजर्स क्लब, कास्कीको अध्यक्षमा अपिल कोईराला

२०७८ भदौ २५, शुक्रबार
को-अपरेटिभ म्यानेजर्स क्लब, कास्कीको अध्यक्षमा अपिल कोईराला

पोखरा : को-अपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कास्कीको चौंथो वार्षिक साधारणसभाले सर्वसम्वत नयाँ नेतृत्व चयन गरेको छ । साधारण सभाले अपिल कोईरालालाई अध्यक्षमा चुनेको छ ।

कोईराला कोन सामुदायिक साकोस, भद्रकालीमा कार्यरत हुनुहुन्छ । यस अघि उहाँ उपाध्यक्ष रहनुभएको थियो । यस अघि संस्थाको अध्यक्षमा गौरीशंकर सहकारी संस्था, हेम्जाका डम्बर सिंह बस्नेत रहनुभएको थियो ।

त्यस्तै उपाध्यक्षमा सरल नमूना साकासका हरिप्रसाद पन्थी चयन हुनुभएको छ । उहाँ यस अघि सचिव हुनुहुन्थ्यो । त्यस्तै सचिवमा पृथ्वी बहुउद्देश्यीय सहकारीका मोहनप्रसाद अधिकारी, कोषाध्यक्षमा नयन साकोसका सन्तोष त्रिपाठी, सहसचिवमा शुभसौगात साकोसका सन्तोष रानाभाट चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा प्रेमसागर अधिकारी (जनसेवा साकोस), किरण अधिकारी (मित्र मिलन साकोस), विष्णुप्रसाद अधिकारी (सुरक्षा पालुवा साकोस), जगन्नाथ तिमिल्सिना (फेवा साकोस), सुवास अधिकारी (रानीवन साकोस) र निरु थापा (प्राईम साकोस) निर्वाचित हुनुभएको छ । क्लबका संस्थापक अध्यक्ष पोखरा रोयल साकोसका मुख्य प्रबन्धक मीलन ढकाल हुनुहुन्छ ।

 

अभिलेख

लोकप्रिय