प्रदेश सरकारको निर्देशनपछि तीन वर्षको साधारणसभा गर्दै सिभिल
काठमाडौं : सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले तीन वर्षको साधारण सभा एकै पटक गर्ने भएको छ । आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ को साधारण सभा एकै पटक गर्न लागेको हो ।
एक राष्ट्रिय दैनिकमा भदौ २४ गते सूचना जारी गर्दै असोज २२ गते साधारण सभा गर्ने निर्णय गरेको हो । बागमती प्रदेश सरकारले तत्काल साधारण सभा बोलाउने संस्थालाई निर्देशन दिए लगत्तै साधारण सभा मिति घोषणा गरेको हो ।
संस्थाले जारी गरेको सूचना नै गलत पाइएको छ । संस्थाले जारी गरेको सूचनाको प्रस्ताव नं. २ मा आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ को हरहिसाब लेखापरीक्षण गर्नको लागि नियुक्ती गर्ने भनिएको छ । तर, लेखापरीक्षण नै नभई साधारणसभा गर्न लागिएको भन्ने बुझिन्छ । त्यस्तै प्रस्ताव नं. ३ मा आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ को हरहिसाब सहितको लेखापरिक्षण पारित गर्ने भनिएको छ । यसबाट भ्रम उत्पन्न भएको छ ।
त्यस्तै साधारण सभाबाट नयाँ सञ्चालक समिति समेत चयन गरिँदै छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सामाजिक भावनाको उदाहरण: भोटेकोशीका बाढीपीडितलाई प्रणामी साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार