१७ भदौ २०८३, बुधबार

जिल्ला संघहरुको औचित्य छैनः घनश्याम खतिवडा

२०७८ भदौ २४, बिहिबार
जिल्ला संघहरुको औचित्य छैनः घनश्याम खतिवडा

काठमाडौं : मुलुक संघीय संरचनामा गएसँगै जिल्ला संघहरुको औचित्य समाप्त भएको प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडा बताउनुभएको छ । सहकारी ऐन बनाउने अधिकार पाएको तह अनुसार संघ बनाएर सहकारी अभियानलाई अघि बढाउनुपर्ने उहाँको भनाई छ ।

सहकारीखबर डटकमसँगको कुराकानीमा प्रतिनिधिसभा सदस्य खतिवडाले भन्नुभयो, ‘तीन तहको सरकार छ, सोही अनुसारको संघ हुनुपर्दछ । एउटै जिल्लामा जिल्ला संघ, विषयगत जिल्ला संघको अब अर्थ छैन । पालिका स्तरमा संघ बनाएर सरकारसँग लविङको काम गर्नुपर्दछ ।’ एउटा पालिकाले बनाएको सहकारी ऐन अर्को पालिकासँग नमिल्न सक्ने हुँदा अब पालिका स्तरको संघको विकल्प नभएको उहाँको भनाई थियो । पालिका स्तरको संघ, प्रदेश स्तरको संघ र केन्द्रीय स्तरको संघ मात्र हुनुपर्ने उहाँको जोड छ ।

नेपालमा संघहरु राजनीति गर्नकै लागि मात्र स्थापना भएको बताउनुहुँदै खतिवडाले सोही कारण सहकारी अभियानपछि परेको भनाई थियो । ‘जुन उद्देश्यले सहकारीका संघहरु निमार्ण गरिएको हो, त्यस अनुसारको काम गर्न सकेकै छैन’, उहाँले भन्नुभयो, ‘संघहरु आवश्यकताभन्दा बढी नै भए । नेपालमा यतिधेरै संघहरु चाँहिदैन । जुनार, मौरी लगायतका संघहरुको काम नै छैन । कृषि केन्द्रीय संघ भए पुगी हाल्छ नि ।’

भुगोल, गरिबी, अर्थतन्त्रलाई नियाल्ने हो भने गरिबी न्युनिकरण गर्ने अत्यन्त सफल र आवश्यक माध्यम सहकारी भएको उहाँको बुझाई छ । ‘सहकारीले त विपन्न, अल्पसंख्यक, पहुँचविहिन वर्ग समुदायलाई सेवा पुर्याउनुपर्छ’, उहाँले भन्नुभयो, ‘यद्यपि, त्यो पुर्णतः आभाष हुन नसकेको छैन ।’

अभिलेख

लोकप्रिय