१७ भदौ २०८३, बुधबार

अनुगमनमा भेटियो सहकारीको गम्भीर लापर्बाही

२०७८ भदौ १६, बुधबार
अनुगमनमा भेटियो सहकारीको गम्भीर लापर्बाही

काठमाडौं : संघीय सरकारको नियमनमा रहेको १ सय २५ सहकारी संस्था मध्ये ४३ वटा सहकारीमा गरिएको अनुगमनमा सहकारी संस्थाले गम्भिर लापर्बाही गरेको पाईएको छ । सहकारी विभागले गरेको अनुगमनमा सम्पत्ति शुद्धीकरणलगायत आधा दर्जन बढी समस्या भेटिएको छ ।

यी हुन् अनुगमनमा भेटिएको समस्या

– नियम विपरित सदस्यता शुल्क उठाएको
– कोषको बाँडफाँड साधारण सभाबाट स्वीकृत नगराएको
– धितो मूल्यांकन विज्ञबाट नभएको
– कोषको रकम उद्देश्य अनुरुप खर्च नगरेको
– तोकेको अवधिभित्र लेखापरीक्षण नगराएको
– नगद सुरक्षाको बीमा नगरेको
– जोखिम कोषमा प्रयाप्त रकम व्यवस्था नगरेको
– समानान्तर सहकारीसँग कारोबार गरेको
– शंकास्पद कारोबारको प्रतिवेदन नगरेको
– सम्पत्ती शुद्धिकरण सम्बन्धी कानुनको पालना नगरेको

संघीय सरकार अन्तर्गतको सहकारी विभागले गरेको अनुगमनमा ती सहकारीले सामान्य कुराहरु पनि पालना नगरेको पाईएको हो । महालेखा परीक्षकको ५८ औँ प्रतिवेदनमा यी कुराहरुलाई औल्याईएको छ ।

प्रतिवेदनमा सुझावको कार्यान्वयनका साथै नेपाल राष्ट्र बैंक लगायत अन्य निकायसँग समन्वय गरी अनुगमनलाई थप प्रभावकारी बनाई सर्वसाधारणको बचत जोखिम कम गर्न तथा वित्तीय अनुशासन कार्यम गर्न सहयोग पुग्ने प्रतिवेदनमा उल्लेख छ ।

अभिलेख

लोकप्रिय