पोखराको उन्नति साकोस पनि अर्ब क्लबमा
कास्की : पोखराको नयाँबजारमा मुख्य कार्यालय रहेको उन्नति बचत तथा ऋण सहकारी संस्था पनि अर्ब क्लबमा उक्लिएको छ । संस्थाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७र७८ को वित्तीय विवरण अनुसार वासलात १ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।
संस्थाले गत आवको असार मसान्तसम्म ७६ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ । सो अवधिमा ७८ करोड ६२ लाख रुपैयाँ कर्जा लगानी भएको थियो । संस्थाको जगेडा तथा अन्य कोषमा ३ करोड ६७ लाख रुपैयाँ छ भने ऋण नोक्सानी कोषमा ७८ लाख रुपैयाँ छ ।
सहकारीमा ५ हजार ५ सय ६७ जना सेयर सदस्य आबद्ध छन् भने सेयर पुँजी ८ करोड ५४ लाख रुपैयाँ छ । सहकारीमा २० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
यो सँगै पोखरामा १ अर्बभन्दा बढी वासलात रहेको सहकारी संस्था ८ पुगेको छ । एक अर्ब रुपैयाँ भन्दा बढी ब्यालेन्स सिट भएका पोखराका अन्य सहकारीहरुमा पोखरा रोयल बचत तथा ऋण सहकारी, कोन सामुदायिक बचत तथा ऋण सहकारी, प्राइम बचत तथा ऋण सहकारी, गौरीशंकर बचत तथा ऋण सहकारी, सयपत्री बचत तथा ऋण सहकारी, फेवा बचत तथा ऋण सहकारी र पोखरा बचत तथा ऋण सहकारी रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार