शिव शिखर मोबाईल एपबाट बैंकहरुमा निःशुल्क रकम ट्रान्स्फर गर्न सकिने
काठमाडौं : अब शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यहरुले आफ्नो खातामा रहेको रकम कुनै पनि बैंकमा निःशुल्क ट्रान्सफर गर्न सकिने भएको छ ।
शिव शिखर मोबाईल एक प्रयोगकर्ता सदस्यहरुले कुनै पनि बैंकमा निःशुल्क रुपमा रिय टाईममा रकम ट्रान्सफर गर्न सकिने भएको हो । यो सेवा सदस्यहरुमा प्रभाकारी देखिएको संस्थाका सदस्यहरुले प्रतिक्रिया दिएका छन्।
संस्थाको कार्यालयसम्म आई सेवा लिन असमर्थ सदस्यहरुले सहकारीमा रहेको आफ्नो खाताको रकम आफुलाई पायक पर्ने बैंकमा रहेको आफ्नो वा आफुसँग सम्बन्धित व्यक्तिहरुको खातामा ट्रान्स्फर गरी आफूलाई अत्यावश्यक रकम निकाल्न सहज भएको सदस्यहरुले बताएका छन् ।
शिव शिखर एपबाट ब्यालेन्स ईन्क्वायरी गर्ने, लामो तथा छोटो स्टेटमेन्ट प्राप्त गर्ने, ऋणको जानकारी लिने, फण्ड ट्रान्स्फर गर्ने, चेक अनुरोध तथा रद्द गर्ने जस्ता बैंकिङ सुविधा तथा मोबाईल टपअफ, ईन्टरनेट, टि.भी., विद्युत, खानेपानी, मुभी तथा हवाई टिकट जस्ता भुक्तानी सुविधा समेत उपलब्ध रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सामाजिक भावनाको उदाहरण: भोटेकोशीका बाढीपीडितलाई प्रणामी साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार