पोखरा रोयल साकोस र ग्यालेक्सी हस्पिटलबीच सम्झौता
पोखरा : पोखरा रोयल बचल तथा ऋण सहकारी संस्था र ग्यालेक्सी हस्पिटल पोखरा बीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पश्चात पोखरा रोयलका सदस्यलाई ग्यालेक्सी हस्पिटल पोखरामा उपचार खर्चमा विशेष छुट हुने छ।
पोखरा रोयल बचल तथा ऋण सहकारीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङ र ग्यालेक्सी हस्पिटलको तर्फबाट अध्यक्ष डा. हेमन्त मानन्धरले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
यस सम्झौता पश्चात पोखरा रोयलका सदस्य, सदस्यका परिवार, संस्थामा कार्य।त कर्मचारी र कर्मचारीका परिवारले ग्यालेक्सी हस्पिटल पोखरामा उपचार गराउँदा हस्पिटलबाट फार्मेसीमा ७.५ प्रतिशत र अन्य सम्पूर्ण सेवामा १२ प्रतिशत छुट प्राप्त गर्ने पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङले जानकारी दिनुभयो ।
२४ सै घण्टा बिशेषज्ञ सेवा दिईरहेको ग्यालेक्सी हस्पिटलले अनुभवी तथा दक्ष बिशेषज्ञ चिकित्सक र कर्मचारीबाट अत्याधुनिक स्वास्थ्य प्रविधिको प्रयोग गर्दै पोखरा १० उत्तमचोकबाट सबै प्रकारका रोगको उपचार सहितका स्वास्थ्य सेवा प्रदान गरिरहेको ग्यालेक्सी हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा. ऋषी ढकालले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सामाजिक भावनाको उदाहरण: भोटेकोशीका बाढीपीडितलाई प्रणामी साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार