शिव शिखरले सुरु गर्याे कीर्तिपुर र महेन्द्रनगरमा `गार्डेन मार्ट´
काठमाडौं : भक्तपुरको काैशलटारमा मुख्य कार्यालय रहेकाे शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले काठमाडौंकाे कीर्तिपुर र कञ्चनपुरकाे महेन्द्रनगरमा गार्डेन मार्ट डिपार्टमेन्टल स्टाेर सञ्चालनमा ल्याएकाे छ । संस्थाकाे हरेक सेवा केन्द्रमा मार्ट सञ्चालन गर्ने उद्देश्य अनुरुप शनिबार दुईवटा मार्ट सञ्चालनमा ल्याएकाे हाे ।
संस्थाले मुख्य कार्यालय र १४ वटा सेवा केन्द्रबाट सदस्यलाई सेवा प्रवाह गरिरहेकाे छ । संस्थाकाे हरेक सेवा केन्द्रमा मार्ट खाेल्ने याेजना अनुरुप तयारी भईरहेकाे संस्थाका सहायक मुख्य प्रबन्धक शिवप्रसाद पाैडेलले जानकारी दिनुभयाे ।
शनिबार कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले किर्तिपुरकाे मार्ट उद्घाटन गर्नुभएकाे थियाे । कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उप मेयर सरस्वती खड्का, संस्थाका सहायक मुख्य प्रबन्धक शिवप्रसाद पाैडेल लगायतकाे उपस्थिति रहेकाेथियाे ।
कार्यक्रममा मेयर महर्जनले मार्ट सञ्चालनपछि नगरबनसीलाई सहजता हुने बताउनुभयाे । मार्टबाट गुणस्तरीय सामग्री सुलभ मुल्यमा पाउने बताउनुभयाे । यस्ता मार्ट खुल्दा काेही पनि नगरबासी ठगिनु नपर्ने उहाँकाे भनाइ थियाे ।
त्यस्तै महेन्द्रनगरमा पनि शनिबारबाटै मार्ट सञ्चालनमा आएकाे छ । सदस्य तथा स्थानियलाई सहजताकाे लागि मार्ट सञ्चालनमा ल्याएकाे संस्थामा महेन्द्रनगर सेवा केन्द्रका प्रबन्धक हेमराज जाेशीले जानकारी दिनुभयाे ।
मार्ट सञ्चालनले राेजगारी सृजना, गुणस्तरीय दैनिक उपभाेग्य वस्तु सुलभ मुल्यमा उपभोक्ताले पाउने जाेशीले जानकारी दिनुभयाे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विवेकशील विवेक !
२२ श्रावण २०८३, शुक्रबार
२८ वर्षमा आइडियल साकोस: १८ हजार सदस्यको भरोसा, १.५८ अर्ब सम्पत्तिसहित डिजिटल सेवामा अग्रसर
१९ श्रावण २०८३, मंगलवार
जनउत्थान साकोसको उत्कृष्ट वित्तीय नतिजा: ११.८० करोड नाफा, सदस्यलाई १०% शेयर लाभांश प्रस्ताव
१९ श्रावण २०८३, मंगलवार