१८ भदौ २०८३, बिहिबार

बागमती प्राेस्कुनकाे कुल सम्पत्ति ९ अर्ब पुर्याउने लक्ष्य

२०७८ भदौ १३, आईतवार
बागमती प्राेस्कुनकाे कुल सम्पत्ति ९ अर्ब पुर्याउने लक्ष्य

काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्राेस्कुन) को आगामी चार वर्षका लागि रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न भएको छ ।

संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यशालाले आगामी ४ वर्षमा संघको कूल सम्पत्ति ९ अर्ब पुर्याउने लक्ष्य लिएकाे छ ।

त्यस्तै संघकाे ४ वटा कार्यालय स्थापना गर्ने, कूल २०२५ सदस्य पुर्याउने र वार्षिक कम्तीमा ६५ देखि बढीमा ११५ वटा सम्म विभिन्न कार्यक्रमहरु आयोजना गर्दै प्रदेश सहकारी ऐन, नियमावली अनुसार स्तरीकरण कार्यक्रमको विकास गरी सदस्य साकोसहरुको गुणस्तर वृद्धि गर्ने लक्ष लिएको संघका अध्यक्ष सपकाेटाले जानकारी दिनुभयाे ।

अभिलेख

लोकप्रिय