नेपालगन्जको नमस्ते साकाेस एक्सेसमा आवद्ध
नेपालगन्ज : बाँकेको नेपालगञ्जस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्था एक्सेस कार्यक्रममा आबद्ध भएको छ ।
धम्बोझी चोकमा मुख्य कार्यालय तथा कोहलपुर र खजुरा सेवा केन्द्र रहेको संस्था नेफ्स्कूनले एशियाली ऋण महासंघ (आकू) को प्राविधिक सहयोगमा सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी अन्तर्राष्ट्रिय स्तरीकरण कार्यक्रम एक्सेसमा आज आबद्ध भएको हो ।
आज संस्थाकने कार्यालयमा आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा बाँके जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश ज्ञवाली, संस्थाका अध्यक्ष बिष्णु बहादुर रिमाल, व्यवस्थापक कुलबहादुर आले तथा नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत न्यौपाने, संघका नेपालगञ्ज फिल्ड कार्यालय इन्चार्ज समिट खड्का लगायत उपस्थित हुनुहुन्थ्यो ।
२०६७ साल बैशाख ३१ गते स्थापित साकोसमा हाल १९ सय बढी सदस्य तथा ५५ कर्मचारी छन् । १ अर्ब ६१ करोड बढीको वासलात रहेको साकोसको बाँकेका केही सीमित वडा बाहेक जिल्लाभर कार्यक्षेत्र रहेको छ ।
‘दुःखको सारथी नमस्ते साकोस’ भन्ने मुल मन्त्र आत्मसात गर्दै संस्थाले आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।
संस्थाका अध्यक्ष रिमालले एक्सेसका सूचकहरु पूरा गर्न चुनौतीहरु रहेपनि संस्थागत सुशासन, विश्वसनीयता, गुणस्तर पारदर्शिता, इमान्दारीका लागि गुणस्तरीयताको कार्यक्रममा आबद्ध भएको बताउनुभयो । नेपालगञ्जको खासगरी सहरी क्षेत्रमा बढी सदस्य भएको साकोसलाई ब्रान्डेड बनाई उदाहरण प्रस्तुत गर्न अन्तर्राष्ट्रिय मान्यताप्राप्त स्तरीकरण कार्यक्रममा सहभागी भएको अध्यक्ष रिमालको भनाई छ ।
‘अब हामी नमस्ते साकोसलाई एक्सेस ब्रान्डेड बनाउन आवश्यक नीति, विधि र प्रविधिहरु बनाउने र परिमार्जन गर्ने लगायत सबै काम गर्छौ´, उहाँले भन्नुभयाे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार