१७ भदौ २०८३, बुधबार

बहुउद्देश्यीय सहकारी संघ काठमाडौंद्वारा काराेबार शुरु

२०७८ भदौ ११, शुक्रबार
बहुउद्देश्यीय सहकारी संघ काठमाडौंद्वारा काराेबार शुरु

काठमाडौं : काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघले कारोबार सुरु गरेको छ ।
न्युरोडमा शुक्रपथ सहकारीकाे भवनमा रहेको संघको कार्यालयबाट कारोबार शुभारम्भ भएको हो ।

संघको कारोबार सुरु भएको पहिलो दिन १ करोडको कारोबार भएको छ । सदस्यहरुले १ वर्षे आवधिक बचत खाता सञ्चालन गरेका छन् । ५ वटा सहकारीले सदस्यताका लागि आवेदन दिएका छन् ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले संघको कारोबारको उद्घाटन गर्दै संघहरुले व्यवसायिक काम गर्नुपर्ने बताउनुभयाे । निश्क्रिय संघ खारेज अथवा मर्जको विकल्प नभएको उहाँको भनाइ छ ।

काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी सङ्घका अध्यक्ष मनोज थापा मगरले बचत तथा ऋण सँगै बजारीकरण, प्याकेजिङ र ब्रान्डिङका काम पनि गर्ने तयारी भएको बताउनुभयाे । परियोजना सञ्चालन गरी संघ तथा सदस्य सहकारीमार्फत कृषि तथा व्यवसायिक काम गर्ने बताउनुभयाे ।

संघका निवर्तमान अध्यक्ष तुलसीप्रसाद सापकोटाले बहुउद्देश्यीय सहकारीलाई उद्देश्य अनुसारको काम गर्न प्रेरित गर्ने बताउनुभयाे। स्थानीय तहसँग समन्वय गरी सहकारीलाई सेवा दिने तयारी भइरहको उहाँको भनाइ छ ।

संघका सञ्चालक महाशंकर रेग्मीले भण्डारण र बजारीकरणमा काम गर्ने योजना रहेको बताउनुभयाे । ३ वर्षे रणनीति तयार भएको भन्दै उनले भिजन अनुसार काम गर्ने बताउनुभयाे । उत्पादन र बजारीकरणमा सदस्य सहकारीलाई हिँडाउन पनि नेतृत्व गर्ने उहाँलस बताउनुभयाे ।

संघले गत आर्थिक वर्ष २०७७/७८ मा १ करोड २५ लाखको कारोबार गरेको छ । त्यो भन्दा अघि ८ लाखको पनि कारोबार हुन सकेको थिएन । संघको २२ लाखको सेयर पुँजी पुगेको छ । यो वर्ष साढे ७ करोडको कारोबार गर्ने तयारी छ ।

अभिलेख

लोकप्रिय