सहकारीको साझेदारीमा शीत भण्डार निर्माण गर्दा लागत भन्दा बढी भुक्तानी
काठमाडौं : सहकारीसँगको साझेदारीमा नुवाकोट जिल्लामा निर्माण भएको शीत भण्डारमा लगात भन्दा बढी भुक्तानी भएको भन्दै त्यो रकम असुल गर्न निर्देशन दिएको छ ।
महालेखापरीक्षको ५८ औं प्रतिवेदन २०७८ मा शीत भण्डार निर्मणमा लागत भन्दा बढी भुक्तानी भएको भन्दै बढी रकम असुल गर्न सरकारलाई निर्देशन दिएको छ ।
प्रतिवेदनमा उल्लेख भए अनुसार उक्त शीत भण्डार निर्माणका लागि ४० करोड २५ लाख ५० हजारको सम्झौता भएकोमा निर्माण व्यवसायीले आर्थिक वर्ष २०७६/०७७ मा ५ करोड १ लाख ७१ हजार भुक्तानी भएको छ ।
निर्माण व्यवसायीले पेस गरेको ठेक्का सम्बन्धी बिल तथा नापी किताब परीक्षण गर्दा बेलकोटगढी स्थित शीत भण्डार निर्माणको २ करोड ५१ लाख १ हजार र विदुर नगरपालिका स्थित शीत भण्डार निर्माणको २ करोड ४५ लाख १४ हजार समेत ४ करोड ९६ लाख १५ हजारको मात्र काम भएको थियो । पहिलो चरणमा ५ लाख ६५ हजार बढी भुक्तानी भएको भन्दै त्यो असुल गर्न बागमती प्रदेश सरकारलाई महालेखाले भनेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
