आदर्श सञ्चार सहकारीद्वारा सञ्चालित अग्रसर साप्ताहिक ११ वर्षमा प्रवेश
बागलुङ : बागलुङबाट प्रकाशित हुँदै आएको अग्रसर साप्ताहिक ११ औं वर्षमा प्रवेश गरेको छ ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकको सहप्रकाशन अग्रसर साप्ताहिक मंगलबारदेखि प्रकाशनको ११ औं वर्षमा प्रवेश गरेको हो ।
कोरोना कहर र लकडाउनका कारण औपचारिक समारोह आयोजना नगरिएको प्रकाशन संस्था आदर्श सञ्चार सहकारी संस्थाले जनाएको छ । यद्यपी, वार्षिकोत्सवका अवसरमा संस्थामा कार्यरत पत्रकार, कर्मचारी र सञ्चालक बिच समिक्षात्मक कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी ‘अञ्जु’ले सञ्चार माध्यमको संस्थागत सबलिकरणका लागि सहकारी मार्फत पत्रिका प्रकाशन गरिएको र यसले एक दशक अवधीमा अब्बल संस्थाको पहिचान बनाउनु सुखद विषय भएको बताउनुभयो । सुरुवाती समय निकै कठिन भए पनि पत्रकार, सञ्चालक र कर्मचारीको अथक मेहनतबाट अहिलेको सफलता सम्भव भएको उहाँको भनाई छ ।
पत्रिकाका सम्पादक राम बहादुर जिसीले पृथक सामग्री पस्कने उद्धेश्यले म्यागाजिनको रुपमा प्रकाशित अग्रसर पत्रिका अहिले दैनिक भन्दा पृथक समाचार सामग्री पस्कने गरि साप्ताकिकको रुपमा प्रकाशन गरिएको बताउनुभयो । धौलागिरी जागरण दैनिकमा दैननिदिन भइरहेका घटना, विषय, समसामयिक सवालका समाचारमा जोड दिइएको छ भने अग्रसर साप्ताहिकमा समाजमा भइरहेका सत्कर्म, सत्प्रयास, प्रेरक कर्महरुलाई मुख्य प्राथमिकतामा राखेर समाचार सामग्री पस्किने गरिएको छ ।
कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका प्रबन्धक दिपकराज सापकोटा, पत्रिकाका कार्यकारी सम्पादक दिल शिरीष लगायतले संस्थाबाट सञ्चालित मिडिया, अहिले भइरहेको अभ्यास र भावी योजनाका विषय राख्नुभएको थियो ।
आदर्श सञ्चारको पहिलो प्रकाशन धौलागिरी जागरण दैनिक २०६३ फागुन २३ गतेदेखि निरन्तर प्रकाशन भैरहेको छ । त्यस्तै संस्थाको सहकार्यमा सञ्चालित धौलागिरी टेलिभिजन २०७० असोज १९ गतेदेखि नियमित सञ्चालनमा रहेको र संस्थाले पछिल्लो समय २०७६ भदौ २१ गतेदेखि आदर्शसञ्चार डटकम सञ्चालनमा छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार