मिलिजुली कालिञ्चोक साकोस स्थापनाको २९ वर्ष प्रवेश, कुल वासलात १ अर्ब २५ करोड पुग्यो
दोलखा : भीमेश्वर नगरपालिका– ६ चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था स्थापनाको २९ वर्ष प्रवेश गरेको छ । २०५० साल भाद्र ७ गते संस्था स्थापना भई २०५० साल मंसिर २ गते संस्था दर्ता भएको थियो । संस्थाले आजकै दिनलाई स्थापना एवं कारोबार सञ्चालन दिवसको रुपमा मनाउँदै आएको छ ।
संस्थाले आफ्नो २९ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा १७ जनाको उपस्थिती रहेको थियो । कोरोना माहामारीका कारण जारी निषेधाज्ञाका कारण रक्तदानमा उल्लेख्य सहभागिता हुन नसकेको संस्थाले जनाएको छ ।
त्यस्तै संस्थाले सम्मान तथा पुरस्कार २०७७/०७८ पनि घोषणा गरेको छ । जारी निषेधाज्ञाका कारण आगामी साधारणसभामा सम्मान र पुरस्कार वितरण गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिनुभयो ।
२६ जनाबाट सुरु भएको यस संस्थामा हाल २२ हजार ८ सय ८ जना सदस्य (१२०४३ महिला र १०७६५ पुरुष) आवद्ध भएका छन् । त्यस्तै ८ हजार ९ सय ११ जना बाल बचतकर्ता रहेका छन् । ५६ सय पुँजीबाट सुरु भएको संस्थाको २०७८ असार मसान्तसम्म आईपुग्दा कुल वासलात १ अर्ब २५ करोड पुगेको छ । संस्थाको सेयर पूँजी ९ करोड १९ लाख २ हजार १ सय रहेको छ । त्यस्तै संस्थाले ८६ करोड ६७ लाख ८८ हजार बचत संकलन गरी ९२ करोड ५७ लाख ७८ हजार ऋण लगानी गर्न सफल भएको छ । संस्थाको कोषमा ९ करोड ९७ लाख ५३ हजार ७ सय ४१ रुपैयाँ रहेको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।
संस्थाले यस अवधिमा नाफा करिब १ करोड (अडिट हुन बाँकी) आर्जन गर्न सफल भएको छ ।
दोलखा जिल्लाभर कार्यक्षेत्र रहेको यस संस्थाले १ मुख्य कार्यालय र ८ वटा सेवा केन्द्रबाट सदस्यलाई सेवा प्रवाह गरिरहेको छ । संस्थाले ४२ जना कर्मचारीबाट सेवा प्रवाह गरिरहेको छ ।
संस्थाले कोभिडको समयमा सदस्यहरुलाई शत प्रतिशत हर्जना छुट र ब्याजमा १० देखि १५ प्रतिशत छुट गरेको थियो । त्यसतै बचतमा १ प्रतिशत थप गरेको संस्थाले जनाएको छ ।
मिलिजुली कालिञ्चोक साकोस सम्मान तथा पुरस्कार २०७७/०७८
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सामाजिक भावनाको उदाहरण: भोटेकोशीका बाढीपीडितलाई प्रणामी साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार