१७ भदौ २०८३, बुधबार

सेवा विस्तारमा हाम्रो एकीकृत साकोस, ६५ प्रतिशतले बढ्यो वासलात

२०७८ भदौ ७, सोमबार
सेवा विस्तारमा हाम्रो एकीकृत साकोस, ६५ प्रतिशतले बढ्यो वासलात

काठमाडौं : काठमाडौं–१५ स्वयंम्भुमा मुख्य कार्यालय रहेको हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाको वासलात ५६ प्रतिशतले वृद्धि भएको छ ।

२०७६/७७ मा २० करोडको वासलात रहेको संस्थाको २०७७/७८ मा ६५ प्रतिशतले वृद्धि भई ३४ करोड पुगेको छ । कोरोनाको महामारी र लकडाउनमा पनि सदस्यहरुको मन जित्दै व्यवसायमा उल्लेख्य वृद्धि गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत योगेन्द्र बहादुर साउदले जानकारी दिनुभयो ।

सदस्य सञ्जाल वृद्धिमा रहेको संस्थाले यसै वर्ष ललितपुर जिल्लामा रहेको सुर्यदिप कृषि सहकारी संस्थासंग संस्था एकीरण गरि काठमाडौं उपत्यका भर कार्यक्षेत्र बनाएको छ । सदस्यहरुको घर आगँनसम्म सेवा पुर्याउने रणनिति सहित संस्था अघि बढेको उहाँले बताउनुभयो ।
पाँच वटा स्थानबाट सेवा प्रवाह गरिरहेको संस्थाले सुर्यदिप कृषि सहकारी एकीकरण पश्चात थप ती वटा स्थानबाट सेवा प्रवाह गर्ने गरी सदस्य सेवा केन्द्रको विस्तार गरेको छ ।

आगामी आव २०७८/०७९ का लागि संस्थाको महोत्वाकाक्षी योजनासहित ६६ करोडको कुल पूँजी बनाउने बजेटसहित नीति कार्यक्रम र रणनितिका साथ संस्था अघि बढेको छ ।

सार्वजनिक बिदा र शनिबार समेत सदस्यहरुलाई सेवा दिँदै आएको संस्थाले सदस्यहरुको आवश्यकता र मागका आधारमा बचत तथा ऋण बाहेकका विभिन्न सेवाहरु प्नि प्रदान गर्दै आएको छ ।

बेरोजगारहरुको लागि उद्यमशिलता, सदस्यहरुको लागि वित्तिय शिक्षा, शिक्षा र सचेतना सहितका कार्यक्रमहरु संस्थाले निरन्तर गर्दै आएको सिईओ साउदले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय