सिकाई, अनुभव र अभ्यास साटासाट गर्न रामकोट सहकारीको टोली काभ्रेको सामुदायिक साकोसमा
धादिङ : नीलकण्ठ–८ स्थित रामकोट बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुले काभ्रेको पनौती नगरपालिका– ४, टौखालमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको अध्ययन अवलोकन भ्रमण गरेका छन् ।
रामकोट साकोसका संस्थापक अध्यक्ष हेमराज श्रेष्ठ, सल्लाहकार शिवलाल श्रेष्ठ, अध्यक्ष रामकृष्ण श्रेष्ठ लगायत सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति र कर्मचारीहरुको २४ जना टोली सामुदायिक संस्थामा पुगी सिकाई, अनुभव र अभ्यास साटासाट गरेका हुन् ।
भ्रमण टोलीलाई सामुदायिक संस्थाका अध्यक्ष प्रकाश बञ्जारा र कर्मचारीहरुले स्वागत गर्नुभएको थियो । बचत विभागका प्रमुख भक्तबहादुर श्रेष्ठ र संस्थाका एडमिन विभागका श्याम सुन्दर श्रेष्ठले अध्ययन भ्रमण टोलीलार्ई संस्थाले बारेमा जानकारी गराउनु भएको थियो ।
उक्त अध्ययन भ्रमणमा नेफ्स्कून तालिम विभागका प्राचार्य गणेशप्रसाद तिमिल्सिनाको पनि विशेष उपस्थिती रहेको थियो ।

सामुदायिक बचत तथा ऋण सहकारी संस्था समुदायमा आधारित एसिया स्तरकै उत्कृष्ट संस्था हो । संस्था एशियाली स्तरको गुणस्तर चिन्ह (एक्सेस ब्राण्ड) प्राप्त संस्था हो ।
असार मसान्तसम्म संस्थामा ३० हजार ५ सय सदस्य आवद्ध भएका छन् । २९ करोड २६ लाख ४९ हजार सेयर पूँजी रहेको सामुदायिकमा जगेडा कोषमा २१ करोड ७६ लाख १६ हजार र अन्य कोषमा १ करोड ८७ लाख ६७ हजार रहेको छ ।
बचत निक्षेप १ अर्ब ९६ करोड ५ लाख रहेको संस्थाले २ अर्ब ४२ करोड ७८ लाख रुपैयाँ लगानी गरेको थियो । संस्थाको कुल वासलात ३ अर्ब ३ करोड पुगेको जानकारी गराईएको थियो ।
संस्थाले बचत तथा ऋणको मात्र नभई सामाजिक कार्यमा पनि उत्कृष्ठ काम गर्दै आएको छ । स्वास्थ्य शिविर, विभिन्न सामाजिक गतिविधि, सदस्य राहत कार्यक्रम, पशु शिविर, सहकारी शिक्षा, तालिम लगायतका काममा संस्था क्रियाशिल छ ।
संस्थाका अध्यक्ष प्रकाश बञ्जाराले सहकारी अध्ययन, अवलोकन भ्रमणमा सामुदायिक संस्था आउनुभएकोमा धन्यवाद समेत प्रकट गर्नुभएको थियो । संस्थाले सदस्य हितमा संस्थाले काम गर्दै आएको बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार