१७ भदौ २०८३, बुधबार

जनसचेतन साकोसको चार वर्षे रणनीतिक व्यवसायिक योजना निमार्ण सुरु

२०७८ भदौ ५, शनिवार
जनसचेतन साकोसको चार वर्षे रणनीतिक व्यवसायिक योजना निमार्ण सुरु

दोलखा : जिल्लाको बैतेश्वर ५ मा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको चार वर्षे रणनीतिक व्यवसायिक योजना निमार्ण सुरू भएको छ ।

संस्थाको मुख्य कार्यालयमा संस्थाका अध्यक्ष हेमन्त चौलागाईंको अध्यक्षतामा सुरू भएको कार्यक्रममा बागमति प्रदेश सहकारी संघका महासचिव भीमप्रसाद दहालको प्रमुख आतिथ्यतामा सुरू भएको हो ।

आजबाट सुरू भएको रणनीति योजना निमार्ण तीन दिन चल्ने छ । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) को प्राविधिक सहयोगमा सञ्चालन भएको रणनीति योजना तर्जुमा नेफ्स्कुनका प्रशासन विभाग प्रमुख सञ्जय तिमिल्सिना, कार्यक्रम अधिकृत बल्भ तिमिल्सिना, कोमल राज अधिकारीले सहजिकरण गर्नुहुने छ ।

रणनीतिक योजना निमार्णमा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण र उच्च व्यवस्थापन कर्मचारीहरूको सहभागिता रहेको छ । हाल साकोसको कुल वासालात २ अर्ब रहेको र १६ वटा सेवा केन्द रहेका छन् ।

अभिलेख

लोकप्रिय