पोखरा रोयल साकोसका सदस्यलाई क्यू आर कोड हस्तान्तरण
पोखरा : प्रविधीमैत्री सहकारी, स्मार्ट सदस्य हाम्रो जिम्मेवारी अभियानसहित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले नगदरहित कारोबारलाई प्रर्बद्धन गर्ने उद्देश्यले आफ्ना व्यवसायी सदस्यहरुलाई क्यू आर कोड प्रविधी हस्तान्तरण गरेको छ ।
संस्थाको प्रधान कार्यालयमा प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले शेयर सदस्य भुवन बराललाई क्यू आर कोड हस्तान्तरण गर्दै अभियानको शुरुवात गरिएको हो । योजना बमोजिम संस्थाका सदस्यहरुलाई स्मार्ट सदस्यको रुपमा विकास गराउने र सोही अभियान अन्र्तगत क्यू आर कोड प्रविधी मार्फत सदस्यहरुको व्यवसायलाई समेत प्रविधीमा जोडेको प्रमुख कार्यकारी अधिकृत गुरुङले बताउनुभयो ।

सदस्यहरुले उक्त क्यू आर कोड आ–आफ्नो पसल वा व्यावसायिक प्रतिष्ठानमा राख्नुहुनेछ र सेवाग्राही सदस्यहरुले वस्तु तथा सेवाको खरिद पश्चात आफ्नो मोवाईल मार्फत क्युआर कोड स्क्यान बिल भुक्तानी गर्न सहज हुने र यो प्रविधी मार्फत समयको बचत र महामारीको समयमा सुरक्षित समेत हुने संस्थाका सूचना अधिकारी मीलन ढकालले बताउनुभयो ।
नगद कारोवार गर्दा महामारीका कारण सृजित रोगहरु सहजै सर्न सक्ने प्रवल सम्भावनाका कारण नगद लिन र दिन सेवाग्राहीले अप्ठ्यारो महसुस गर्ने हुदाँ झन्झटिलो प्रक्रियाको साटो सहज रुपमा कारोवार गर्न क्यू आर कोड प्रविधी मार्फत भुक्तानी प्रभावकारी हुने ढकालले बताउनुभयो ।
कोरोना महामारीको कहर बीच गत वर्षबाट नै संस्थाले ४ वटै कार्यालयबाट क्यू आर कोड प्रविधी जडान गरि काउन्टरबाट ई टेलर सुविधा प्रदान गर्दै आएको, मोबाईल बैंकिङ, एटिएम सुविधा र एस एम एस सुविधा प्रदान गर्दै आईरहेको छ । प्रारम्भिक चरणमा १० जना सदस्यबाट सेवा प्रारम्भ गरेकोमा चालु वर्षमा संस्थाले कम्तिमा पनि १०० बढी व्यवसायी सदस्यहरुलाई क्यूआर प्रविधी हस्तान्तरण गर्ने कार्यक्रम रहेको संस्थाका व्यवसाय प्रवद्र्धन विभाग प्रमुख विजया श्रेष्ठले जानकारी गराउनुभयो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सामाजिक भावनाको उदाहरण: भोटेकोशीका बाढीपीडितलाई प्रणामी साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार