कास्कुन र ब्लोदानको सहकार्यमा ५२ हप्ते रक्तदान अभियान शुरु
काठमाडौं : काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) र ब्लड डोनर्स एसोसिएसन (ब्लोदन) ले पुनः ५२ हप्ते रक्तदान कार्यक्रमलाई अघि बढाएका छन् । २०७६ चैत्र २० गतेबाट शुरु गरिएको साप्ताहिक रक्तदान कार्यक्रम मुलुकभर फैलिएको कोभिड १९ महामारीका कारण नियमित हुन सकेको थिएन ।
दुई संस्थाबीच भएको समझदारी बमोजिमम चालु आव २०७८।७९ मा कास्कुनमा आवद्ध संस्थाहरुमार्फत वार्षिक रुपमा ५२ वटा रक्तदान कार्यक्रम गर्न शुरु गरिएको छ । सामाखुसीस्थित सुमधुर साकोस र कुलेश्वरस्थित सन्तुलन साकोसले क्रमशः कार्यालय परिसर र कलंकी मन्दिर परिसरमा रक्तदान कार्यक्रम गरेका छन् । सुमधुर साकोसले गरेको रक्तदान कार्यक्रममा ४३ जना र सन्तुलन साकोसको कार्यक्रममा १६ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।
कार्यक्रमको मुल ब्यानर र रक्तदाताहरुका लागि प्रमाण पत्रको व्यवस्थापन कास्कूनले गर्ने भएको छ । मानव जीवनका लागि अत्यावश्यक तत्वको रुपमा रहेको रगतको अझै पनि सहज आपूर्ति हुन नसकिरहेको अवस्थामा सहकारीमार्फत् केहि मात्रमा भएपनि रगतको अभावलाई न्यूनिकरण गर्ने उद्देश्यकासाथ दुई संस्था मिलेर यस्तो कार्यक्रम थालनी गरेका हुन् । सहकारी समुदायप्रति उत्तरदायी हुनेहुँदा यस्ता गतिविधिले सहकारीको साखलाई माथि उठाउने विश्वास लिइएको छ । बचतऋणको मात्र कारोबार गरे भन्ने आरोप लाग्दै आएको अवस्थामा यस्ता गतिविधिले सहकारीको छुट्टै पहिचान बनाउन मद्दत पुग्ने देखिन्छ ।
रक्तदान कार्यक्रममा कास्कूनका अध्यक्ष दिपक पनेरु, उपाध्यक्ष नवराज अर्याल, ब्लोदानका अध्यक्ष सानुबाबु प्रजापती, कास्कूनका संचालक तारानाथ सापकोटा, राजकुमार खड्का, ब्लोदनका भोलानाथ पाठक, माहुरी संघका महासचिव शम्भु कार्की, लगायतको उपस्थिति रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सामाजिक भावनाको उदाहरण: भोटेकोशीका बाढीपीडितलाई प्रणामी साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार