नेपाल सहकारी बैंकको सम्पर्क कार्यालय सुरु, छ महिनाभित्र कर्पोरेट कार्यालय पनि सञ्चालन हुने
काठमाडौं : नेपाल सहकारी बैंक (प्रस्तावित ) को सम्पर्क कार्यालय काठमाडौंको मध्यबानेश्वरमा सञ्चालनमा आएको छ । शुक्रबार नेपाली काँग्रेसका नेता आनन्दप्रसाद ढुंगाना र बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले संयुक्तरुपमा यस कार्यालयको उद्घाटन गर्नुभयो।
काँग्रेस नेता ढुंगानाले नेपाल सहकारी बैंक, राष्ट्रिय सहकारी बैंकको सौता होइन भन्दै प्रस्तावित सहकारी बैंक कुनै पार्टीको जस्तो नभएर सबैको साझा बैंक बन्नुपर्ने बताउनुभयो । उहाँले सहकारी बैंक थपिँदा प्रतिस्पर्धा बढेर सेवाग्राहीले सेवा राम्रो पाउने बताउनुभयो ।
यसअघि सञ्चालनमा आएको राष्ट्रिय सहकारी बैंकले सबै सहकारी क्षेत्रलाई समेट्न नसकेको र कम्युनिष्टहरूको मात्रै सहकारी बैंक जस्तो भएर पक्षपात रुपमा व्यवहार गरेकाले सबैको साझा सहकारी बैंकको रुपमा नेपाल सहकारी बैंक सञ्चालन गर्न लागिएको यस बैंकका अध्यक्ष भण्डारीले बताउनुभयो।
नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट सीमित बैंकिङ कारोबार गर्न पाउने गरी लाइसेन्स पाउनासाथै नेपाल सहकारी बैंक सञ्चालनमा आउने बताउँदै उहाँले छ महिनाभित्र बैंकको कर्पोरेट अफिस सञ्चालनमा ल्याई कारोबार सुरु गर्ने बताउनुभयो ।
भण्डारीले राष्ट्र बैंक ऐनमा सहकारी बैंकसम्वन्धी व्यवस्था पनि थप हुनुपर्ने कुरामा जोड दिँदै सहकारी बैंक थपिँदा प्रतिस्पर्धा भई प्रारम्भिक सहकारी संस्थाहरूले राम्रो सेवा पाउने र ग्रामिण क्षेत्रमा पुँजीको विस्तार गर्न सहयोग पुग्ने बताउनुभयो ।
तर राष्ट्रिय सहकारी बैंकका सञ्चालकहरूले भने नेपाल राष्ट्र बैंकबाट विगत चार बर्षदेखि नयाँ बैंक वित्तीय संस्थालाई लाइसेन्स नदिएकाले नेपाल सहकारी बैंकलाई पनि दिन नमिल्ने, एउटा सहकारी बैंक हुँदाहुँदै अर्को बैंक चाहियो?, हामी छौं अर्को सहकारी बैंक खोल्नु जरुरी छैन भनेर भ्रम सिर्जना गर्ने र अवरोध गर्ने काम गर्दै आएको उनले गुनासो गर्नुभयो ।
साढे दुई अर्ब रुपियाँ चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि यसलाई देशव्यापीरुपमा विस्तार गरिने भण्डारीले जानकारी दिए । निजी क्षेत्रले ग्रामिण क्षेत्रको विकास गर्न नसक्ने भएकाले सहकारीलाई नै प्रवद्र्धन गर्नुपर्ने उहाँनको भनाई छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सामाजिक भावनाको उदाहरण: भोटेकोशीका बाढीपीडितलाई प्रणामी साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार