दोलखा जिल्ला संघद्वारा सम्मान तथा पुरस्कार घोषणा
दोलखा : जिल्ला सहकारी संघ, दोलखाले २९ औं स्थापना दिवसको अवसरमा संघमा आवद्वता रहेका संघ/संस्थाहरुलाई सम्मान तथा पुरस्कार घोषणा भएको छ ।
आज एक कार्यक्रमको बीच संघका उपाध्यक्ष देवीप्रसाद शर्माले घोषणा गर्नु भएको हो । सम्मान हुनेमा जिल्लाको उत्कृष्ट ब्यवस्थापक आन्नददायीक बहुउद्देश्ययि सहकारी संस्थाका ताराबहादुर बस्नेत हुनुभएको छ । जिल्लाको उत्कृष्ट कर्मचारी पुरुषतर्फ जनमुखी बचत तथा ऋण सहकारी संस्थाका लेखा प्रमुख नकुल घिमिरे र महिलातर्फ मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाका लेखा साहायक ईन्दिरा दहाल उत्कृष्ट हुनुभएको छ ।
त्यस्तै संघमा उत्कृष्ट कारोबार गर्ने बैतेश्वर ५ मा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट भएको छ । सहकारीमार्फत उत्कृष्ट व्यवसाय गर्ने भिमेश्वर बहुउद्देश्ययि सहकारी संस्था भएको छ । उक्त सहकारीले हाल दाना उघोग सञ्चालनमा ल्याएको छ ।
संघले पूर्व सञ्चालक सम्मानमा यस वर्ष दोलखा जिल्ला गौरीशंखर गाउँपालिकामा रहेको जनउपकार बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष र जिल्ला सहकारी संघका पूर्व सञ्चालक स्वः पुस्कर बहादुर खड्कालाई सम्मानित गर्ने भएको छ ।
संघले जिल्लाको उत्कृष्ट सहकारीकर्मी यस वर्ष जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका निर्वतमा अध्यक्ष, बागमती प्रदेश सहकारी संघका महासचिव भीमप्रसाद दहालाई सम्मान गर्ने भएको छ ।
संघले असली ऋण जुनतारा कृषि सहकारी संस्थालाई सम्मान गर्ने भएको छ । नियमित कारोबारतर्फ सिर्जना बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गर्न भएको छ । सञ्चारकर्मी तर्फ रेडियो शैलुङ्गका स्टेसन म्यानेजर विनिता शिवाकोटीलाई सम्मान गर्न भएको छ ।
जिल्लाको उत्कृष्ट महिला सहकारी संस्थामा परोपकार महिला बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गर्ने भएको छ । प्राविधिक सहयोग सयपत्री साकोसलाई प्रदान गर्ने निर्णय गरेको छ ।
सम्मान तथा पुरस्कार संघको १६ औं बार्षिक साधारणसभामा प्रदान गरिने संघका अध्यक्ष हेमन्त चौलागाईले बताउनु भयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सामाजिक भावनाको उदाहरण: भोटेकोशीका बाढीपीडितलाई प्रणामी साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार