१७ भदौ २०८३, बुधबार

काभ्रेमा कोअपरेटिभ मेनेजर्स क्लब गठन, अध्यक्षमा बिबेक राज ठकुरी

२०७८ भदौ ४, शुक्रबार
काभ्रेमा कोअपरेटिभ मेनेजर्स क्लब गठन, अध्यक्षमा बिबेक राज ठकुरी

बनेपा : काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित सहकारीमा कार्यरत मेनेजरहरु संगठित भएका छन् । आगामी ६ महिनाभित्र प्रारम्भिक साधारण सभा गर्ने गरी संस्था दर्ताको लागि तदर्थ समिति गठन गरिएको हो ।

बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत बिबेक राज ठकुरीको अध्यक्षतामा तदर्थ समिति गठन भएको हो । त्यस्तै तदर्थ समितिको उपाध्यक्षमा ज्योति मिर्मिरे सामुहिक साकोसका प्रमुख कार्यकारी अधिकृत गोपाद दाहाल रहनुभएको छ ।

त्यस्तै सचिवमा आर्थिक विकास मित्र साकोसका प्रबन्धक ठाकुरनाथ अधिकारी, कोषाध्यक्षमा आयाम साकोसका प्रमुख कार्यकारी अधिकृत सविना पन्त रहनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा आभाष साकोसका प्रमुख प्रबन्धक सुवास बैद्य, महिला आधारशिला साकोसका व्यवस्थापक यशोदा बोगटी, एक्सप्रेस साकोसका प्रमुख कार्यकारी अधिकृत अरुण थापा, लक्ष्मी महिला साकोसका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाथी र पञ्चकुमारी बहुउद्देश्यीय सहकारीका व्यवस्थापक गंगा दाहाल रहनुभएको छ ।
सहकारीको संस्थागत विकास, सुशासन र व्यवसायिकरणका लागि संगठीत संस्थाको परिकल्पनासहित भदौ २ गते जिल्ला प्रशासन कार्यालयमा क्लब दर्ता भएको तदर्थ समितिका अध्यक्ष बिबेक राज ठकुरीले जानकारी दिनुभयो ।

सहकारी संस्थाहरुको लागि आवश्यक नीति, विधि र प्रविधिको विकास गर्ने क्लबको उद्देश्य रहेको उहाँको भनाई छ । त्यस्तै नयाँ नयाँ सोचहरुको विकास र आधुनिकिकरण गर्न अनुसन्धान तथा विकासका कार्यहरु गर्ने, सहकारी अभियानका विषयहरुमा बहस, पैरवी गर्ने कार्यका लागि विषयविज्ञको रुपमा सहकारी अभियानका नेतृत्वहरुलाई सघाउ पु¥याउने, विभिन्न कार्यशाला, तालिम, गोष्ठी तथा छलफल कार्यक्रमहरु सञ्चालन गर्ने रहेको छ । त्यसैगरी सहकारी संस्थामा एकरुपता कायम गर्ने, सहकारीका ब्यवस्थापक एवं कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने कार्य गर्ने लगायतको उद्देश्य क्लबको रहेको छ ।

राष्ट्रिय सहकारी महासंघ, प्रदेश सहकारी संघ, जिल्ला सहकारी संघ र विषयगत केन्द्रीय सहकारी संघ, प्रदेश विषयगत सहकारी संघ, जिल्ला विषयगत सहकारी संघ र राष्ट्रिय सहकारी बैंक तथा स्थानीय तह अन्र्तगतका सहकारी संघहरुसँग समन्वय र सहकार्य गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने, सहकारी संस्था सञ्चालनका लागि आवश्यक नीति, निर्देशिका तथा कार्यविधिहरुको नमूना तयार गर्ने, सहकारी संस्थामा कार्यरत कर्मचारीहरुको रोजगारी सुनिश्चितताको लागि पहल कदमी गर्ने क्लबको उद्देश्य रहेको छ ।

अभिलेख

लोकप्रिय