बागमती प्रदेश बचत संघको सिइओमा केशवप्रसाद दाहाल
काभ्रे : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा केशवप्रसाद दहाल नियुक्ती हुनुभएको छ । संघको सञ्चालक समितिले उहाँलाई ४ वर्षको लागि नियुक्ती गरेको हो ।
दाहालसँग सहकारी अभियानको २१ वर्ष अनुभव छ । ज्योति मिर्मिरे सामुहिक साकोस, नेफ्स्कून, एकीकृत फ्रेण्डसिप साकोसमा काम गरेको अनुभव दाहालसँग छ । दाहाल एक वर्ष अघि नेफ्स्कून छाडेर एकीकृत फ्रेण्डसिप साकोस, दोलखाको प्रमुख कार्यकारी अधिकृत बन्नुभएको थियो । उहाँ २०७३ पौषमा नेफ्स्कून प्रवेश गर्नभएको थियो । त्यस अघि उहाँ ज्योति मिर्मिरे सामुहिक साकोसमा कार्यरत हुनुहुन्थ्यो ।
बुधबार सिइओ दाहालको पद बहाली हुँदैछ ।
काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संघले काठमाडौंमा कर्पोरेट कार्यालय खोल्ने तयारी गरिरहेको छ ।
२०७७ साउन १३ गते दर्ता भएको संघले एक वर्षमै ३२ लाख ८१ हजार मुनाफा कमाउन सफल भएको थियो । स्थापनामा १२ वटा जिल्ला संघ र ७० वटा प्रारम्भिक सहकारी सदस्य रहेको संघमा हाल १ सय ५२ सदस्य पुगेको छ । स्थापनामा ४ लाख सेयर पुँजी रहेकोमा २०७८ असार मसान्तसम्म आईपुग्दा २ करोड ७० लाख पुगेको छ ।
संघले यस अवधिमा १ अर्ब १८ करोड बचत संकलन गरी ३४ करोड ८७ लाख कर्जा लगानी गर्न सफल भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
