सहकारीका तीन नेता ‘सहकारी विकास बोर्ड’मा नियुक्त
हेटौंडा : बागमती प्रदेश सहकारी विकास बोर्डका सहकारी क्षेत्रबाट थप तीन जना सदस्य नियुक्ती भएको छ । प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, बागमती प्रदेश सहकारी संघका अध्यक्ष उद्धव सापकोटा र जिल्ला सहकारी संघ, काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ सदस्यमा नियुक्ती हुनुभएको हो ।

प्रदेश सहकारी ऐन २०७६ अनुसार प्रदेश सहकारी संघका अध्यक्ष स्वतः सदस्य हुनेछ । त्यस्तै प्रदेश विषयगत संघका अध्यक्षहरु मध्येबाट निर्वाचित एक जना सदस्य र जिल्ला सहकारी संघका अध्यक्षहरु मध्येबाट निर्वाचित एक जना सदस्य हुने व्यवस्था छ ।
उहाँहरु २ वर्षका लागि नियुक्ती हुनुभएको हो ।

बोर्डको अध्यक्ष भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुने व्यवस्था छ । त्यस्तै सहकारी क्षेत्रमा १५ वर्ष अनुभव प्राप्त व्यक्ती प्रदेश सरकारले नियुक्ती गर्ने व्यवस्था छ । सोही अनुसार बोर्डको उपाध्यक्षमा नारायण देवकोटा नियुक्ती हुनुभएको थियो ।
बोर्डमा अध्यक्ष, उपाध्यक्ष र सदस्य सचिवसहित १३ सदस्यीय हुने व्यवस्था छ । सदस्य सचिव पनि सहकारी क्षेत्रबाटै नियुक्ती हुने व्यवस्था छ । १३ सदस्यीय बोर्डमा सहकारी क्षेत्रबाट ८ जना नियुक्ती हुनेछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार