१७ भदौ २०८३, बुधबार

ललितपुर बचत संघले हरेक तीन/तीन महिनामा वित्तीय विवरण सार्वजनिक गर्ने

२०७८ साउन ३२, सोमबार
ललितपुर बचत संघले हरेक तीन/तीन महिनामा वित्तीय विवरण सार्वजनिक गर्ने

काठमाडौं : ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले हरेक तीन/तीन महिनामा वित्तीय विवरण सार्वजनिक गर्ने भएको छ । आइतबार संघका अध्यक्ष रामहरि बजगाईंको अध्यक्षता बसेको सञ्चालक समितिको बैठकले हरेक तीन/तीन महिनामा वित्तीय विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले अनिवार्य रुपमा सार्वजनिक गर्ने पर्ने व्यवस्था भएपनि सहकारीमा यसको अभ्यास हुन सकेको छैन । नेपालको सहकारी अभियानको सम्भवतः यो पहिलो अभ्यासको रुपमा रहेको छ ।

वित्तीय विवरण पत्रपत्रिका, अनलाईन, सामाजिक सञ्जाल, सुचनापार्टीमा सार्वजनिक गर्ने संघले जनाएको छ । त्यस्तै संघको बैठकले सदस्य संस्थाले पनि हरेक ६/६ महिनामा वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने निर्णय गरेको छ ।

सदस्यको जानकारीको लागि वित्तीय विवरण सार्वजनिक गर्दा सहकारीका पारदर्शिता र सुशासन कायम गराउन ठुलो मद्दत पुग्ने संघका अध्यक्ष बजगाईंले जानकारी दिनुभयो । अब संघले हरेक तीन तीन महिनामा कारोबार विवरण सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

संघमा आवद्ध सदस्य संस्थाहरुमा पनि यसको अभ्यास गराउने उहाँले बताउनुभयो । हालको लागि कम्तिमा ६/६ महिनामा कारोबार विवरण सार्वजनिक गर्न अनुरोध गरिने उहाँले बताउनुभयो ।

सहकारीले वित्तीय विवरण सार्वजनिक गर्दा सहकारीप्रति सदस्य, आम मानिसको नजरमा इमानदार संस्थाको सूचीमा राख्न मद्दत गर्ने अध्यक्ष बजगाईंको भनाई छ ।

 

अभिलेख

लोकप्रिय