१७ भदौ २०८३, बुधबार

हाम्रो जनकल्याण, दोलखाका दिपक बस्नेत उत्कृष्ट साकोस व्यवस्थापक

२०७८ साउन ३२, सोमबार
हाम्रो जनकल्याण, दोलखाका दिपक बस्नेत उत्कृष्ट साकोस व्यवस्थापक

काठमाडौं : हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था, दोलखाका व्यवस्थापक दिपक बस्नेत साकोस अभियानको उत्कृष्ट व्यवस्थापकको रुपमा छनोट हुनुभएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ, नेफ्स्कुनको ३४ औं स्थापना दिवसको अवसरमा बस्नेतलाई उत्कृष्ट व्यवस्थापकको रुपमा छनोट गरिएको हो ।

नेफ्स्कुनले विगत ११ वर्षदेखि स्थापना दिवसको अवसर पारेर उत्कृष्ट व्यवस्थापक छनौट गर्दै आएको छ । २०६७ सालमा पहिलो पटक नेफ्स्कुनले उत्कृष्ट व्यवस्थापक छनौट गर्ने परम्पराको थालनी गरेको हो ।

नेफस्कुनले हरेक वर्ष संघमा आवद्ध प्रारम्भिक संस्थामध्येबाट एकजनालाई उत्कृष्ट व्यवस्थापकको रुपमा छनौट आएको छ । नेफ्स्कुनमा आवद्ध साकोसहरुका व्यवस्थापकहरुले आवेदन दिने र आवेदनहरुमध्येबाट एकजनालाई उत्कृष्ट व्यवस्थापक घोषणा गर्ने गर्छ । उत्कृष्ट घोषित व्यक्तीलाई साधारणसभामा पुरस्कृत गर्ने गरिन्छ ।

नेफ्स्कुनबाट पहिलो पटक विकु साकोसका सिइओ माधवप्रसाद पौडेल उत्कृष्ट व्यवस्थापक घोषित हुनुभएको थियो ।

यस वर्ष उत्कृष्ट व्यवस्थापक घोषित हुनुभएका बस्नेत विगत ११ वर्षदेखि सहकारीका काम गर्दै आउनुभएको छ । उहाँको शैक्षिक योग्यता एम.बी.एस र बि.एड रहेको छ ।

२०६८ सालदेखि बस्नेत हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा कार्यरत हुनुहुन्छ । संस्थालाई नीति, विधि र प्रविधियुक्त बनाउन उहाँको भूमिका महत्वपूर्ण रहेको छ । संस्थामा हाल ४० वटाभन्दा बढी नीति र कार्यविधि जारी भएको छ ।

हाम्रो जनकल्याण साकोस समुदायमा आधारित उत्कृष्ट वित्तीय संस्था हो । २०७५ सालमा संस्था देशकै उत्कृष्ट साकोस बन्न सफल भएको थियो । २०७४ सालदेखि यस संस्थाले एक्सेस ब्राण्ड समेत प्राप्त गर्दै आएको छ ।

सदस्यलाई बचतमात्र नभई सहकारी प्रति सदस्यलाई जिम्मेवार बनाउने काममा संस्था क्रियाशिल रहेको छ । संस्थाले बचत, ऋण मात्र नभई सदस्यलाई सिपमुलक तालिमका सँगै उत्पादित बस्तुको बजारीकरणमा समेत सहयोग गर्दै आएको छ ।

संस्थामा हाल १५ जना कर्मचारी कार्यरत रहेका छन् । संस्थाको कुल सम्पत्ती ७१ करोड ४४ लाख रहेको छ ।

 

अभिलेख

लोकप्रिय