१७ भदौ २०८३, बुधबार

गण्डकी प्रदेशमा सहकारीः ४६ अर्ब ४९ करोड बचत, ५१ अर्ब २४ करोड लगानी

२०७८ साउन २९, शुक्रबार
गण्डकी प्रदेशमा सहकारीः ४६ अर्ब ४९ करोड बचत, ५१ अर्ब २४ करोड लगानी

काठमाडौं : गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरुमा बचत तथा ऋण सहकारी संस्थाहरुको कुल पूँजी १३ अर्ब ४७ करोड, कुल बचत ४६ अर्ब ४९ करोड र कुल कर्जा लगानी ५१ अर्ब २४ करोड रहेको छ ।

नेपाल राष्ट्र बैंकले गण्डकी प्रदेशमा गरेको एक अध्यन अनुसार प्रदेशमा २ हजार २ सय ९८ बचत तथा ऋण सहकारी संस्थाहरुले ६ हजार ४७४ जनालाई रोजगारी प्रदान गरेका छन्। यो तथ्यांक २०७७ पुस मसान्तको हो ।

प्रदेशमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरु तथा गैर–सरकारी संस्थाहरुको संख्या तथा कारोबारमा विस्तार भएता पनि यस्ता संस्थाहरुको प्रभावकारी नियमन, निरीक्षण र सुपरिवेक्षण गर्ने निकाय एवम् संयन्त्रको अभावका कारण वित्तीय स्थायित्वमा पर्नसक्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्ने कार्य चुनौतीपूर्ण रहेको केन्द्रीय बैंकको भनाई छ ।

अभिलेख

लोकप्रिय