नेफ्स्कूनको ३३ औं सेवा केन्द्र धनगढीमा
धनगढी : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले कैलाली जिल्लाको धनगढीमा ३३ औं सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । संघले सदस्य संघ संस्थाहरुलाई प्रवाह गर्ने सेवाको पहुँच विस्तार गर्ने सोमबार धनगढीमा सेवा केन्द्र शुभारम्भ गरेको हो ।
कार्यालयको शुभारम्भ नेफ्स्कूनका अध्यक्ष परितोष पौड्लले गर्नुभएको थियो । उक्त समारोहको अध्यक्षता संघका सञ्चालक माधव जोशीको सभापतित्वमा सम्पन्न भएको थियो भने समारोहमा विशिष्ट अतिथिको रुपमा प्रदेश सहकारी रजिष्ट्रार गोकुल प्रसाद बोहराको उपस्थिति रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक शिवा थापा, जिल्ला सहकारी संघ, कैलालीका अध्यक्ष फणिराज सापकोटा, जिल्ला बचत संघ कञ्चनपुरका अध्यक्ष भवानी चन्द, नेफ्स्कून फिल्ड कार्यालय ब्यवस्थापन उप समितिका सदस्यहरु भुपेन्द्र थापा, सुरत बोगटी, बद्री प्रसाद भट्टराई, प्रेमलता देवी गौतम, साकोस म्यानेजर्स क्लबका अध्यक्ष छविलाल जैसी लगायतका सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार