१९ भदौ २०८३, शुक्रबार

नेफ्स्कूनले सुरु गर्यो सन्दर्भ व्याजदर निर्धारण सम्बन्धि सर्वेक्षण

२०७८ साउन १८, सोमबार
नेफ्स्कूनले सुरु गर्यो सन्दर्भ व्याजदर निर्धारण सम्बन्धि सर्वेक्षण

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सन्दर्भ व्याजदर निर्धारणको लागि सर्वेक्षण सुरु गरेको छ । सन्दर्भ व्याजदर निर्धारण तथा सिफारिस समिति’को बैठक बसेर कार्यदल बनाएको भोलीपल्टै नेफ्स्कूनले सदस्य सहकारीको सर्वेक्षण सुरु गरेको हो ।

सहकारी नियमावली–२०७५ को नियम २३ बमोजिम सन्दर्भ व्याजदर निर्धारण गर्न सुझाव पेश गर्ने प्रयोजनको लागि सर्वेक्षण सुरु गरेको नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले जानकारी दिनुभयो । सर्वेक्षणबाट प्राप्त डाटा र सुझावलाई अध्ययन गरी समितिलाई सुझाव पेश गर्ने उहाँले बताउनुभयो ।

सर्वेक्षणमा दिइएका सुचनाहरु गोप्य राखिने समेत उहाँले बताउनुभयो ।

सर्वेक्षणमा २०७७ आषाढ मसान्तसम्मको बचतको अधिकतम व्याजदर, बचतको न्युनतम व्याजदर, ऋणको अधिकतम व्याजदर र ऋणको न्युनतम व्याजदर पत्ता लगाईने छ । त्यस्तै २०७८ आषाढ मसान्तसम्मको बचतको अधिकतम व्याजदर, बचतको न्युनतम व्याजदर, ऋणको अधिकतम व्याजदर र ऋणको न्युनतम व्याजदर पत्ता लगाईने छ ।

त्यसैगरी सर्वेक्षण फर्ममा नयाँ व्याजदर निर्धारणको लागि सुझाव, अधिकतम व्याजदर कतिसम्म हुनुपर्छ भन्ने कुरा समावेश गरिएको छ । सहकारी संस्थाबाट आएको उक्त सर्वेक्षणबाट नेफ्स्कूनले आधारिकारीक धारणा बनाउने बुझिएको छ ।

यो सर्वेक्षण फर्म साउन २० गतेसम्म भरिसक्नुपर्ने नेफ्स्कूनले जनाएको छ ।

सहभागी हुन तलको लिंकमा क्लिक गर्नुहोला

(Click here) नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. सन्दर्भ व्याजदर निर्धारण सम्बन्धि सर्वेक्षण २०७८

 

 

 

अभिलेख

लोकप्रिय