२४ कात्तिक २०८३, मङ्गलबार

नेपालमै पहिलो पटक सहकारीमा कियोस्क बैंकिङ सेवा

२०७८ साउन १८, सोमबार
नेपालमै पहिलो पटक सहकारीमा कियोस्क बैंकिङ सेवा

काठमाडौं : अब सहकारी संस्थाहरुमा कर्मचारीरहित कियोस्क मेशिनबाट २४ सै घण्टा बचत गर्न सकिने भएको छ । अब सहकारी संस्थामा साना साना रकम जम्मा गर्नको लागि पनि सदस्यहरुले काउन्टरसम्म आउन नपर्ने भएको छ । एम बैंक र प्रभु टेक्नोलोजीको सहकार्यमा जुनसुकै समयमा कियोस्क टर्मिनलमा गएर सहकारीको खातामा रकम जम्मा गर्न सकिने भएको हो ।

कियोस्क टर्मिनल कर्मचारी रहित सेवा हो । संस्थाले आफ्नै कियोस्क टर्मिनलमार्फत र देशभरी रहेका प्रभु टेक्नोलोजीले सञ्चालनमा ल्याएका कियोस्क मेशिनहरुबाट सहकारीका सदस्यहरुले आफ्नो खातामा बचत जम्मा गर्न र ऋण भुक्तानी गर्न सक्ने सुबिधा एम बैंकले सहकारीमा ल्याएको छ । हाल ५ सय सार्वजनिक स्थल जस्तैः अस्पतालहरु, सपिङ मल, स्कुल, एरपोर्ट र विभिन्न पसल हरुमा प्रभु टेक्नोलोजीका कियोस्क टर्मिनलहरु छन् । उक्त टर्मिनलहरुबाट सहकारीका सदस्यले सहजै आफ्नो खातामा पैसा जम्मा गर्न सक्नेछन् ।

आइतबार चन्द्रागिरि साकोस र प्रभु टेक्नोलोजी बीच एक सम्झौता पत्रमा हस्ताक्षर गरी सेवाको सुरुवात गरेको एम बैंकका सञ्चालक तथा मुख्य व्यवसाय प्रमुख संजय महासेठले जानकारी दिनुभयो ।

सदस्यहरुले कियोस्क मेशिनमा गई स्क्रिनमा आफ्नो खाता नं टाईप गरिसकेपछि आफुले चाहेको रकम उक्त मेशिनमा छिराए पछि मेशिनले सदस्यलाई नगद जम्मा भएको भौचर प्रदान गर्नेछ । उक्त मेशिनमा नेपाली नोटहरु पहिचान गर्ने प्रविधि जडान गरिने भएकोले सहज तरिकाबाट रकम जम्मा गर्न सकिने अवस्था सृजना हुनेछ ।

सदस्यहरुले आफुलाई फुर्सद भएको समयलाई सदुपयोग गर्दै आफ्नो खातामा रकम जम्मा गर्न, युटिलिटी विल्सहरु भुक्तानी गर्न, टपअप गर्न र करदाताहरुले आन्तरिक राजस्व कार्यालयमा कर भुक्तानी गर्न सजिलै सक्नेछन् । यसले काउन्टरमा लाईन बस्नु पर्ने झन्झटबाट मुक्ति दिनेछ भने कोरोना महामारीबाट सुरक्षित हुन र आफुलाई पायक पर्ने समयमा कारोवार गर्न पनि मद्दत गर्ने उहाँले बताउनुभयो ।

जुनसुकै सहकरी सफ्टवयरमा जडान गर्न सकिने ‘एम बैंक’ले सहकारीबाट बैंकमा रकम ट्रान्सफर सेवा, विभिन्न वालेटमा लोड, क्यू आर भुक्तानी, सम्पूर्ण युटिलिटी पेमेन्ट, शेयर खरिदको भुक्तानी, मेरो शेयर र डिम्याट नबिकरण, राजश्व भुक्तानी, ट्राफिक जरिवाना, एस सी टि ATM सेवा, पाठावो टुटल भुक्तानी, रेमिटेन्स सुबिधा र अन्य विभिन्न सेवा सेवा संस्थाले प्रदान गर्दै आएको छ ।

कम्पनीले हालसम्म करिब ४ सय ५० सहकारी संस्थालाई डिजिटलाइजेशनमा जोडेको छ ।

अभिलेख

लोकप्रिय