१७ भदौ २०८३, बुधबार

चन्द्रागिरि साकोसको कर्मचारी रहित बैंकिङ सेवा, सदस्यले २४ सै घण्टा खातामा बचत गर्न सक्ने

२०७८ साउन १८, सोमबार
चन्द्रागिरि साकोसको कर्मचारी रहित बैंकिङ सेवा, सदस्यले २४ सै घण्टा खातामा बचत गर्न सक्ने

काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले कियोस्क बैंकिङ सुरु गर्ने भएको छ । अब संस्थाका सदस्यहरु बचत गर्नको लागि संस्थाको काउन्टरसम्म आइरहनु पर्दैन ।

२४ सै घण्टा सदस्यहरुले आफ्नो खातामा पैसा जम्मा गर्न मिल्नेछ कियोस्क टर्मिनल कर्मचारी रहित सेवा हो । आफ्नो खाताको रकम झिक्नको लागि एटिएम तथा मोबाईल बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको संस्थाले रकम जम्मा गर्न कियोस्क बैकिङ सेवा सुरु गर्न लागेको हो ।

सहकारी संस्थामा साना साना रकम जम्मा गर्नको लागि पनि सदस्यहरुले काउन्टरमा आउनु पर्ने र कार्यालय समयमा मात्र सुविधा प्राप्त हुने स्थितिमा जुनसुकै समयमा कियोस्क टर्मिनलमा गएर आफ्नो रकम जम्मा गर्न सक्नेछन् ।

संस्थाले स्थापना गरेको कियोस्क टर्मिनल लगायत देशभरी रहेका प्रभु टेक्नोलोजीले सञ्चालनमा ल्याएका कियोस्क मेशिनहरुबाट चन्द्रागिरि साकोसका सदस्यहरुले आफ्नो खातामा बचत जम्मा गर्न र ऋण भुक्तानी गर्न सक्नेछन् ।

यस सेवाको लागि आइतबार प्रभु टेक्नोलोजी र चन्द्रागिरि साकोसविच सम्झौता भएको छ । उक्त सेवामा प्रभु टेक्नोलोजीको साथै एम बैंक टेक्नोलोजीज् प्रमुख प्रविधि साझेदारको रुपमा रहनेछन् ।

सदस्यहरुले कियोस्क मेशिनमा गई स्क्रिनमा आफ्नो खाता नं टाईप गरिसकेपछि आफुले चाहेको रकम उक्त मेशिनमा राखेपछि मेशिनले सदस्यलाई नगद जम्मा भएको भौचर प्रदान गर्नेछ ।

उक्त मेशिनमा नेपाली नोटहरु पहिचान गर्ने प्रविधि जडान गरिने भएकोले सहज तरिकाबाट रकम जम्मा गर्न सकिने छ । सदस्यहरुले आफुलाई फुर्सद भएको समयलाई सदुपयोग गर्दै आफ्नो खातामा रकम जम्मा गर्न सकीने छ ।

हाल ५ सय सार्वजनिक स्थल जस्तैः अस्पतालहरु, सपिङ मल, स्कुल, एरपोर्ट र विभिन्न पसल हरुमा प्रभु टेक्नोलोजीका कियोस्क टर्मिनलहरु छन् । उक्त टर्मिनलहरुबाट सहकारीका सदस्यले सहजै आफ्नो खातामा पैसा जम्मा गर्न सक्नेछन् ।

युटिलिटी विल्सहरु भुक्तानी गर्न, टपअप गर्न र करदाताहरुले आन्तरिक राजस्व कार्यालयमा कर भुक्तानी सजिलै गर्न सक्नेछन् । यसले काउन्टरमा लाईन बस्नु पर्ने झन्झटबाट मुक्ति दिनेछ भने कोरोना महामारीबाट सुरक्षित हुन र आफुलाई पाएक पर्ने समयमा कारोवार गर्न पनि मद्दत पुग्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय