सहकारीको ब्याजदर पुनरावलोकन हुँदै, समितिको बैठकले बनायो कार्यदल
काठमाडौं : सहकारीको ब्याजदर कार्यान्वयनको अवस्था र पुनरावलोकनका सम्बन्धमा आज ‘सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समिति’को बैठक बसेको छ । सहकारी विभागमा बसेको बैठकले कार्यदल समेत बनाएको छ । सहकारी विभागका उप–रजिष्ट्रार सुरेन्द्रराज पौडेलको संयोजकत्वमा कार्यदल निमार्ण गरेको हो ।
समितिको आज बसेको बैठकमा कार्यान्वयनको अवस्थाको समिक्षा र सात सदस्यीय कार्यदल गठन गरेकोन समितिका सदस्य तथा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले जानकारी दिनुभयो ।
उक्त कार्यदलमा सहकारी विभागका २ जना प्रनिनिधि (संयोजक सहित), राष्ट्र बैंकका प्रतिनिधि, सहकारी विकास बोर्डका प्रतिनिधि, सहकारी महासंघका प्रतिनिधि, नेफ्स्कूनका प्रनिनिधि र सहकारी बैंकका प्रतिनिधि रहेको छ ।
उक्त कार्यदलले नेफ्स्कूनमा आवद्ध संस्था वा संघको औसत ब्याजदर, सहकारी बैंकको औसत ब्याजदर, वाणिज्य बैंकहरुको औसत ब्याजदर, राष्ट्र बैंक, सहकारी मन्त्रालयले गरेको अध्ययन, सहकारी महासंघको सुझावको अध्ययन गरी समितिमा ब्याजदर सिफारिस गर्नेछ । सोही सिफारिसको आधारमा समितिले ब्याजदर निर्धारण गर्नेछ ।
दोस्रो पटक २०७७ साल कार्तिक १५ गतेदेखि लागु हुनेगरी १४.७५ प्रतिशत ब्याजदर तोकेको थियो । नेपालमा पहिलो पटक २०७६ साउन १९ गतेदेखि सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १६ प्रतिशत कायम गरिएको थियो ।
अहिलेको अवस्थामा सहकारीको ब्याजदर अझै घट्ने देखिन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सामाजिक भावनाको उदाहरण: भोटेकोशीका बाढीपीडितलाई प्रणामी साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार