मेगा ड्रिम सहकारीको ४ वर्षे रणनीतिक योजना तयार
२०७८ साउन ११, सोमबार
काठमाडौं : मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले ४ वर्षे रणनीतिक योजना तयार गरेको छ । संस्थाले ३ दिन संचालन गरेको रणनीतिक योजना तर्जुमा कार्यशाला गोष्ठीले आगामी ४ वर्षको लागि लक्ष्य, रणनीति, बजेट र योजना निर्माण कार्य सम्पन्न गरेको हो ।

गोष्ठीमा संस्थाका संचालक समिति, लेखा समिति, प्रमुख कार्यकारी अधिकृतसहित व्यवस्थापनका प्रमुख पदाधिकारीहरु सहभागिता रहेको थियो । गोष्ठीको सहजिकरण प्रशिक्षक कृष्ण प्रसाद आचार्यले गर्नुभएको थियो ।
संस्थाले ‘स्वस्थ, व्यावसायिक र उत्कृष्ट मेगा ड्रिम’ भन्ने भिजन पारित गरेको संस्थाका सचिव महाशंकर रेग्मीले जानकारी दिनुभयो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सामाजिक भावनाको उदाहरण: भोटेकोशीका बाढीपीडितलाई प्रणामी साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार