सरकारले अनुमती दिए सहारा नेपाल साकोसले खोप खरिद गर्ने
झापा : बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सरकारले अनुमती दिए कोरोना भाइरसविरुद्धको खोप खरिद गर्ने घोषणा गरेको छ । संस्थामा आवद्ध सदस्य र समुदायमा रहेका मानिसको लागि खोप गरिद गरी लगाउन संस्था तयार रहेको घोषणा गरेको हो ।
खोपका लागि संस्थाले ८÷१० करोड रुपैयाँसम्म खर्च गर्न सक्ने संस्थाका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । ‘सरकारले अनुमती दिन्छ भने विभिन्न निकायको सहकार्यमा १० लाख डोज खोप खरिद गर्न सक्छौं’, उहाँले भन्नुभयो ।
संस्थाले आवश्यक पहल गरिदिन स्थानीय सरकार र प्रदेश सरकारलाई आग्रह समेत गरेको छ । यसका लागि जनस्तरबाट खबरदारी र राजनीतिक तहबाट सरकार समक्ष पहल कदमी आवश्यक रहेको गिरीले बताउनुभयो । यदी सरकारले निर्णय गरेर जिम्मेवारी दिने हो भने झापाबासीको लागि भारत, चीन तथा तेस्रो मुलुकबाट तत्काल खोप ल्याउन सकिने गिरीको भनाई छ ।
संस्थामा एक लाख ५० हजार सदस्य आवद्ध छन् ।
विभिन्न मुलुकले अनुदानमा दिएको तथा सरकारले चिनबाट खरिद गरेको खोप नेपालका थोरै मात्र नागरिकले लगाएका छन् । अधिकांश नागरिकहरु खोपबाट बञ्चित छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
