नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन खुला
२०७८ साउन ९, शनिवार
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘सम्मान तथा पुरस्कार’का लागि आवेदन माग गरेको छ । संघले शुक्रबार एक सूचना प्रकाशित गरी आवेदन माग गरेको हो ।
साकोस अभियानमा सक्रिय रही यसको विकास र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने प्रारम्भिक संस्था, जिल्ला संघ, संघ वा संस्थामा कार्यरत व्यवस्थापकहरुले यही २०७८ साल साउन २२ गतेभित्र आवेदन दिनुपर्ने संघले जनाएको छ ।
नेफ्स्कूनले प्रत्येक वर्ष स्थापना दिवस अर्थात् साउन ३२ गते घोषणा गर्ने सम्मान तथा पुरस्कार वार्षिक साधारण सभाका अवसरमा प्रदान गर्दै आएको छ ।
नेफ्स्कूनको वेबसाइट www.nefscun.org.np मा राखिएको फारम भरी nefscun329@gmail.com मार्फत वा संघको केन्द्रीय कार्यालय वा कुनै पनि फिल्ड कार्यालयहरुमा आवेदन पेश गर्न सकिने संघले जनाएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार