१८ भदौ २०८३, बिहिबार

सहकारीका सदस्यले ग्लोबल आइएमई बैंकबाट कृषि अनुदान कर्जा पाउने

२०७८ साउन ८, शुक्रबार
सहकारीका सदस्यले ग्लोबल आइएमई बैंकबाट कृषि अनुदान कर्जा पाउने

काठमाडौं : ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउने प्रयोजनार्थ सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अर्गानिक सहकारीका अध्यक्ष केशव लाल श्रेष्ठबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधि, २०७५ (संशोधन सहित) अन्तर्गत अर्गानिक नेपाल सहकारीको सिफारिसमा सहकारीका शेयर सदस्य, उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई कर्जा उपलब्ध गराउने छ। यसै सम्झौता अनुसार कर्जा लिने साना किसानहरुलाई सहकारीले आवश्यक तालिमको पनि व्यवस्था गर्नेछ।

अभिलेख

लोकप्रिय