महामञ्जुश्री आवास सहकारी संघ दर्ता, अध्यक्षमा दीपक प्रकाश बाँस्कोटा
काठमाडौं : नेपालमा दोस्रो आवास विशिष्टिकृत सहकारी संघ दर्ता भएको छ । सहकारी विभागले असार ३१ गते महामञ्जुश्री आवास विशिष्टिकृत सहकारी संघ दर्ता गरेको हो ।
संघको तदर्थ समितिको अध्यक्षमा दीपक प्रकाश बाँस्कोटा रहनुभएको छ । उहाँ प्रतिभावान बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधित्व गर्दै अध्यक्ष बन्नुभएको हो ।
यस अधि राष्ट्रिय समृद्ध आवास विशिष्टिकृत सहकारी संघ दर्ता भएको थियो । यस संघले प्रारम्भिक साधारणसभा समेत सम्पन्न गरिसकेको छ ।
संघले आवासिय तथा व्यापारिक हिसाबले घरेडी विकास गर्ने, भवन निर्माण गर्न जग्गा खरिद गर्ने उद्देश्य राखेको छ । त्यस्तै न्युन लागतमा सहकारी आवास योजनाहरु सञ्चालन गरी सुरक्षित, व्यवस्थित, किस्ताबन्दी सुविधा सहित सदस्यहरुलाई प्रदान गर्ने रहेको छ ।
संघको उपाध्यक्षमा मुकुन्दप्रसाद दाहाल (आर्दश एकता साकोस), महासचिवमा ऋषिराम घिमिरे (जानकी साकोस), सचिवमा राधेश्याम सुवाल (बाराही साकोस) र कोषाध्यक्षमा कुमार तिमल्सेना ( शिक्षक विकास साकोस) रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा कृष्णभक्त थापा (सेन्सीयर साकोस), रमेश कुमार चौलागाईं (गन्तव्य साकास), अमन पोटे श्रेष्ठ (बनेपा साकोस), भिमसेन श्रेष्ठ (चमेरो साकोस), देवकुमारी पौडेल (मधुवन साकोस) र केशवप्रसाद दाहाल (प्रभु साकोस) रहनुभएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको उद्धार तथा पुनर्निर्माणमा गुडविल साकोसको २ लाख ३६ हजार सहयोग
१७ भाद्र २०८३, बुधबार