सहकारीमा अहिलेसम्मकै सस्तो ब्याजदर, पोखरा रोयलले ८.८८% मै लगानी गर्ने
पोखरा : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई ८.८८ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएको छ । संस्थाले आर्थिक वर्ष २०७८/०७९ को शुरुवात सँगै ऋण लगानीमा ब्याजदर घटाएको छ ।
संस्थाले केही दिन अघि मात्रै नयाँ दुई वटा लोनका प्रडक्ट सार्वजनिक गरेको थियो । संस्थाले ८.८८ प्रतिशत व्याजदरमा ‘रोयल कियर लोन’ र ९.९९ प्रतिशत व्याजदरमा ‘व्यवसाय निरन्तरता ऋण’ दिने निर्णय गरेको छ । संस्थाका अनुसार ‘रोयल कियर लोन’ १० लाख रुपैयाँसम्म र ‘व्यवसाय निरन्तरता ऋण’ एक करोड १० लाख रुपैयाँसम्म दिने जनाएको छ । उक्त व्याजदर १ वर्षसम्म परिवर्तन नहुने ज्ञारेन्टी पनि संस्थाले गरेको छ ।
कोरोना महामारीको मारमा परेका सदस्यहरुको व्यवसाय पुनरुद्धार गर्नका लागि संस्थाले यस्तो स्किम ल्याएको हो । तत्कालको लागि उक्त शीर्षक अन्तर्गत ऋण प्रवाह गर्न संस्थाले ३० करोडको वित्तीय स्रोतको व्यवस्थापन गरिएको संस्थाका मुख्य प्रवन्धक मीलनढकालले जानकारी दिनुभयो । सदस्यले मासिक रुपमा ब्याज मात्र बुझाउन पनि छुट रहेको छ । संस्थामा रहेको अधिक तरलतालाई व्यवस्थापन गर्दै वित्तीय बजारको प्रतिस्पर्धी ब्याजदरमा सदस्यहरुलाई सर्वसुलभ रुपमा ऋण प्रवाह गर्न लागेको ढकालको भनाइ छ ।
कोभिडको प्रत्यक्ष मारमा सदस्यपरिरहेको, व्यवसायहरु अझै पनि पूर्ण रुपमा सञ्चालन हुन नसकेको विषयलाई महसुुस गर्दै सहकारीले सस्तो ब्याजदरमा ऋण सेवा प्रवाह गर्न लागेको संस्थाले जनाएको छ ।
‘सहकारी भनेकै सदस्यहरु कै संस्था हो’, उहाँले भन्नुभयो, ‘सदस्यहरुलाई समस्या पर्दा संस्थाले कुनै न कुनै माध्यमबाट वित्तीय समाधान दिन सक्नुपर्छ ।’
पोखराको बुद्धचोकमा प्रधान कार्यालय रहेको यस संस्थाले थप तीन वटा सेवाकेन्द्र बाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थामा हाल ७ हजार ३४६ सदस्य, २० करोड शेयर पूँजी, १३ करोड जगेडा कोष रहेको छ ।
पोखरा रोयल साकोस गण्डकी प्रदेशकै उत्कृष्ट वित्तीय सहकारी हो । गत वर्ष राष्ट्रिय सहकारी महासंघले यस संस्थालाई गण्डकी प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको उद्धार तथा पुनर्निर्माणमा गुडविल साकोसको २ लाख ३६ हजार सहयोग
१७ भाद्र २०८३, बुधबार