वातावरण संरक्षणमा सहकारीको सहकार्य: हाम्रो जनकल्याण साकोस र भीमेश्वर नगरपालिका बीच साझेदारी
दोलखा : वातावरण संरक्षणका लागि भीमेश्वर नगरपालिका क्षेत्रमा ४० माइक्रोन भन्दा तलको प्लाष्टिक झोला प्रयोगलाई निरुत्साहित गर्न हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था र भीमेश्वर नगरपालिकाको कार्यालय बीच साझेदारी भएको छ ।
समझदारी अनुसार फोहोर वर्गिकरण गरी व्यवस्थापन गर्नका लागि प्रयोग गरिने प्लाष्टिक झोला र सपिङ झोलको प्रयोग तथा विक्री वितरण सम्बन्धमा अन्तरक्रिया सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुर केसीले फोहोर उत्पादन विन्दूमा नै पुगेर फोहोरको वर्गिकरण, त्यसको महत्व र व्यवस्थापनका बारेमा सचेतना फैलाउँदा सजिलै स्वच्छ र सुन्दर भीमेश्वर नगर बनाउने टेवा पुग्ने भएकाले स्थानीय सहकारीसँग साझेदारी कायम गरिएको बताउनुभयो ।
दोलखा जिल्ला पर्यटकीय जिल्ला भएकाले यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाईलाई आनन्दित बनाउँदै उहाँहरुको बसाई लम्ब्याउने र आन्तरिक आम्दानी बढाउनका लागि पनि फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको र संघीय सरकारले समेत ४० माइक्रोनभन्दा तलको प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाएकाले अभियानकै रुपमा प्लाष्टिक मुक्त अभियान थालिएको नगरप्रुमख केसी को भनाई छ । अन्तरक्रियामा भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले फोहार व्यवस्थापनको आवश्यकता र महत्वका बारेमा जानकारी गराउनुभएको थियो ।
हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले संस्थाले भीमेश्वर नगरसँगको साझेदारी र अभियान सञ्चालन प्रक्रियाका बारेमा जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रियामा भीमेश्वर नगरपालिकाका नगर उप प्रमुख कमला बस्नेत, जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाई, दोलखा अस्पताल दोलखाका निर्देशक रोशन महतो, भीेमेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नबिन कुमार लामा, वडा नम्बर २ का वडा अध्यक्ष बिराजमान श्रेष्ठ, एडिबि फोहोरमैला कवाडप् प्रोसेसिङ एण्ड अर्गानिक मल उत्पादन केन्द्रका सञ्चालक ध्रुब बस्नेत, टोल विकास समितिका संयोजक तथा सदस्यहरु, स्थानीय व्यवसायी तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
साझेदारी कार्यक्रममा हरेक परिवारलाई तीन रङ्गको ४० माइक्रोन भन्दा माथिको प्लाष्टिक झोला अभियानको केही महिना निःशुल्क वितरण गरिनेछ भने वातावरणमैत्री सपिङ झोला उपभोक्तालाई पच्चिस रुपैयाँमा बिक्री गरिनेछ ।
सोही अवसरमा धुलिखेल अस्पताल र हाम्रो जनकल्याण साकोसबीच माइक्रोफाइनान्स कार्यक्रम सञ्चालनका लागि आपसी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । कार्य क्षेत्र भित्र स्वास्थ्य सचेतना तथा आयआर्जनका गतिविधि सञ्चालन गरिने सम्झौता पत्रमा उल्लेख छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको उद्धार तथा पुनर्निर्माणमा गुडविल साकोसको २ लाख ३६ हजार सहयोग
१७ भाद्र २०८३, बुधबार