दोलखाको जनसचेतन काठमाडौंमा इन्ट्री, समुदायमा आधारित उत्कृष्ट संस्था बनाउने अठोट
काठमाडौं : दोलखाको वैतेश्वर गाउँपालिका–५, मैनापोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र पाँच जिल्लामा विस्तार भएको छ । अब संस्थाको कार्यक्षेत्र दोलखा, काभ्रे, भक्तपुर, काठमाडौं र ललितपुर भएको छ ।
जनसचेतन साकोस, मुनाल साकोस र रसिक बहुउद्देश्यीय सहकारी बीच एकीकरण हालै सम्पन्न भएको छ । यी तीन संस्था बीच एकीकरण भएपछि संस्थाको कार्यक्षेत्र पाँच जिल्ला भएको हो । जनसचेतन सहकारी अन्तर्राष्ट्रिय ब्राण्ड प्राप्त समुदायमा आधारित एक उत्कृष्ट संस्था हो ।
संस्थाले भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, बागमती प्रदेश सरकारबाट काठमाडौंमा ३ वटा सेवा केन्द्र खोल्ने स्विकृती प्राप्त गरेको छ । संस्थाले दोलखा जिल्लामा १५ वटा सेवा केन्द्रबाट सदस्यलाई सेवा प्रवाह गरिहेको छ । संस्थामा हाल ३३ हजार पाँच सय सदस्य आवद्ध छन् ।
संस्थामा आवद्ध करिब १२ हजार सदस्य काठमाडौंमा रहेको र उनीहरुलाई सेवा प्रवाह गर्न काठमाडौंसम्म सेवा विस्तार गरिएको संस्थाका अध्यक्ष हेमन्त चौलागाईले जानकारी दिनुभयो ।

‘दोलखाबाट काठमाडौं आएर बसोबास, व्यवसाय गर्ने सम्पूर्णलाई सदस्य समेत बनाउने हाम्रो उद्देश्य रहेको छ’, अध्यक्ष चौलागाईले भन्नुभयो, ‘जनसचेनत समुदायमा आधारित संस्था हो, दोलखामा बनाएको सिस्टम काठमाडौंमा पनि कार्यान्वयन गर्न चाहन्छौं ।’
काठमाडौंमा सञ्चालित सहकारीहरु सदस्य केन्द्रित हुन नसकी रहेको अवस्थामा पनि हाम्रो उपस्थिती आवश्यक रहेको उहाँको भनाई छ । काठमाडौंमा जनसचेतनको उपस्थितीले अन्य सहकारीलाई पनि सिस्टममा बस्न र सदस्य केन्द्रित हुन दबाब पुग्ने उहाँको भनाई छ ।
लगानीको क्षेत्रलाई फराकिलो बनाउनको लागि पनि काठमाडौंमा संस्थाको उपस्थिती रहेको उहाँको भनाई छ । हालका लागि काठमाडौंमा एउटा मात्र सेवा केन्द्र हुनेछ । सदस्यहरुको माग र आवश्यकताको आधारमा सेवा केन्द्र विस्तार गरिले योजना संस्थाले बनाएको छ । संस्थाले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा सेवा केन्द्र विस्तारको स्विकृती प्राप्त गरिसकेको छ ।
२०५० साल असोज २२ गते स्थापना भएको यस संस्थाको कुल पूँजी २ अर्ब ५० लाख पुगेको छ । संस्थाको सेयर पूँजी १५ करोड रहेको छ । संस्थाले एभरेजमा १० प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्दै आएको छ । संस्थाले कर्जा लगानी गर्दा सेवा शुल्क समेत लिदैन ।
संस्थाले एसियाली ऋण महासंघबाट २०६९ सालमा एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएको थियो । संस्थाले २०७३ सालदेखि निरन्तर रुपमा एक्सेसको सिल्भर ब्राण्ड प्राप्त गर्न सफल रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको उद्धार तथा पुनर्निर्माणमा गुडविल साकोसको २ लाख ३६ हजार सहयोग
१७ भाद्र २०८३, बुधबार