१८ भदौ २०८३, बिहिबार

सहकारीले १५ दिनभित्र अनिवार्य रुपमा लेखापरीक्षकको विवरण पठाउनु पर्ने

२०७८ साउन १, शुक्रबार
सहकारीले १५ दिनभित्र अनिवार्य रुपमा लेखापरीक्षकको विवरण पठाउनु पर्ने

इटहरी : प्रदेश नं. १ मातहतका सहकारी संघ/संस्थाले लेखापरीक्षक नियुक्ति गरेेेेकाे  १५ दिन भित्र विवरण पठाउनु पर्ने भएकाे छ।

प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले आज एक सूचना प्रकाशित गरेर क्षेत्राधिकार भित्रका सहकारीलाई १५ दिन भित्र लेखापरीक्षकको विवरण पठाउन निर्देशन दिएको हो ।

कार्यालयले सहकारीले नियुक्त गरेको लेखापरीक्षकको नाम र ठेगाना, विगत तीन वर्षको लेखापरीक्षकको नाम र ठेगाना र लेखापरीक्षकको लेखापरीक्षण इजाजत पत्रको प्रतिलिपि पठाउन सूचना जारी गरेको हो ।

यसैगरी सहकारीले लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने सम्बन्धी साधारण सभाको निर्णयको प्रतिलिपि र सम्बन्धित लेखापरीक्षकले संस्थाको लेखापरीक्षक हुन अयोग्य नभएको भनि दिएको लिखित जानकारी पनि कार्यालयमा पठाउनुपर्ने भएको छ ।

सहकारीले कार्यालयमा आएर, हुलाकबाट वा कार्यालयको इमेल ठेगाना sahakariregistrar.p1@gmail.com मा समेत विवरण पठाउन सक्ने कार्यालयले जनाएको छ ।

अभिलेख

लोकप्रिय